बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मोबाइलमा नेपालीले खर्च गर्छन् दैनिक १८ करोड

बुधबार, ११ साउन २०७४, ०५ : ३२
बुधबार, ११ साउन २०७४

झन्डै एक चौथाइ नागरिक गरिबिको रेखामुनि रहेका मुलुकमा दैनिक कम्तीमा १८ करोड रुपैयाँ मोवाइलमा खर्च हुने गरेको तथ्यांक बाहिर आएको छ ।

मुलुकका दुई ठूला मोबाइल प्रदायक कम्पनीमध्ये एक नेपाल टेलिकमका ग्राहकले दिनमा नौ करोड रुपैयाँ खर्च गरेको देखाएको खबर आजको नागरिकमा छ ।

टेलिकमका अनुसार उसलाई गत आवको नौ महिनामा मोबाइल रिचार्जमा २४ अर्ब ३८ करोड रुपैयाँ आम्दानी भएको छ ।

यो दैनिक औसत नौ करोड रुपैयाँभन्दा बढी हो । दुबै कम्पनीका ग्राहकले गरेको खर्च जोड्दा १८ करोडभन्दा बढी हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप