शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाबरी मस्जिद भत्काइएको आजको दिन जसले बदलिएको थियो भारतको राजनीति

बिहीबार, २० मङ्सिर २०७५, १८ : ५०
बिहीबार, २० मङ्सिर २०७५

(बीबीसी हिन्दी) शरत प्रधान– हुनत बाबरी मस्जिद ढलाइएको २६ वर्ष पुरा भइसक्यो तर त्यसको भूत अझै पनि जीवित छ । यसलाई जीवित राख्ने सम्पूर्ण श्रेय भारतका महान राजनीतिज्ञहरुलाई जान्छ ।
सन् १९९२ डिसेम्बर ६ भारतको इतिहासमा यस्तो दिन हो, जसले भारतको राजनीतिलाई यस्तो मोड दियोकि २६ वर्षमा भारत धेरै पछाडि गयो ।

आज भारतलाई यस्ता मुद्धाहरुले प्रभावित गरिरहेको छ, जसलाई समाजले भारत विभाजनपछि पछाडिनै छाडिदिएको थियो । धर्म–निरपेक्षता भारतीय संविधानमा मात्रै नभएर भारतीय नागरिकहरुको रगतमा बसेको थियो । तर डिसेम्बर ६ पछि सहिष्णुताको स्थान साम्प्रदायिकताको विषले लिन थाल्यो ।

२६ वर्षपछि आज वातावरण यस्तो बन्दै गएको छ कि भारतमा पूरै हिन्दु धर्मलाई अयोध्या मन्दिरमा मात्र सीमित गर्ने प्रयास गरिदैं छ ।

फेरिदियो हिन्दु हुनुको अर्थ

भारतका केही ठालूहरुले हिन्दुको परिभाषासम्म बदलिदिएका छन् । उनीहरुको नजरमा आजको दिनमा त्यही मात्रै हिन्दु हो, जो अयोध्यामा मन्दिर बनाउने कुरामा विश्वास राख्छ र त्यो पनि उनीहरुले राखेको सर्तमा ।

हरेक वर्ष डिसेम्बर ६ को दिन पुरानो सम्झना ताजा हुन्छ । म त्यो दिन प्रत्यक्ष अयोध्या पुगेको थिएँ र मैले त्यो पुरा घटना आफ्नो आँखाबाट देखेको थिएँ । यो कुरा मैले सीबीआई अदालतअघि पेश गरेको ८८ पृष्ठ लामो बयानमा उल्लेख गरेको छु ।

पागलपनको सीमा नाघिसकेको त्यो आवेगले सबै कानुन, व्यवस्थालाई धज्जी उडाएर लगभग चार घण्टाभित्रै १६ औँ शताब्दीमा बनेको बलियो मस्जिद सबैले देख्दादेख्दै ध्वस्त बनाइदियो । केही मानिसहरुको अनुहारमा खुसी ल्याएको र बाँकीकोमा डर निम्त्याएको उक्त घटना एक डरलाग्दो दृश्य थियो ।

त्यसपछिका हरेक वर्ष डिसेम्बर ६ मा विश्व हिन्दु परिषदले अयोध्यामा सौर्य दिवस मनाउन थाल्यो । भाजपाका कुनै न कुनै नेता त्यसमा भाग लिनको लागि अनिवार्य आउँथे । 

घटिरहेको उत्साह
तर विस्तारै मानिसहरुको उत्साह कम देखिन लाग्यो । एक एक गर्दै वर्षहरु बित्दै गए, सायद छैटौँ वा सातौँ वर्षगाँठपछि भाजपा नेता लालकृष्ण आडवाणी सौर्य दिवसमा सामेल हुन प्रमुख अतिथि बनेर त्यहाँ पुगे ।
त्यो दिन पनि म त्यहाँ उपस्थित थिए । आडवाणीजीलाई सायद जीवनको सबैभन्दा ठूलो झड्का तब लाग्यो होला जब उनको जनसभामा ५०० देखि ७०० संख्यामा मानिसहरु जम्मा भए । सर्वसाधारणभन्दा धेरै त प्रहरी र सञ्चारकर्मीहरु थिए त्यहाँ ।

आखिर त्यो त्यही अयोध्या थियो जहाँबाट आडवाडीजीले कुनै समय एक ऐतिहासिक रथ यात्रा निकालेर अयोध्या आन्दोलनलाई एक उचाई दिएका थिए । सोही स्थानमा त्यो दिन उनलाई सुन्नका लागि नगन्य मानिस आए । जबकी केबल भण्डारेको आह्वानमा चारदेखि पाँच हजार साधु जम्मा हुनु अयोध्यामा सामान्य कुरा हो ।

त्यो दिन र आजको दिन, अयोध्याको सौर्य दिवस साँच्चिकै फिक्का बनिसकेको छ र यो एक औपचारिकतामा बदलिएको छ ।  

विगतको पागलपन पुन पैदा गर्ने प्रयास

उता डिसेम्बर ६ को कारण भारतको अधिकांश स्थानमा दंगा भयो । धमाका भयो र केही राजनीतिज्ञहरुले त्यसैलाई देखाएर सरकार पनि बनाए । तर हरेक कुराको समय हुन्छ । हेर्दाहेर्दै पुस्ता बदलियो र डिसेम्बर ६ को असर कम हुँदै गयो ।

तर दक्षिणपन्थी विचारधारका संगठनलाई यो कुरा कसरी स्वीकार्य हुन्थ्यो । उनीहरुले त्यो पागलपनलाई पुन जन्माउने कसम खाए । सायद योगी आदित्यनाथ उत्तर प्रदेशको मुख्यमन्त्रीको कुर्सीमा आसिन हुनु पछाडिको यही कारण रह्यो होला । 

हालै विश्व हिन्दु परिषदले राम मन्दिर निर्माण कार्य सुरुवात गर्ने नाममा अयोध्यामा एक भीँड भेला गरायो । त्यस अवसरमा कयैंन हिन्दुत्ववादी नेताहरुले खुलमखुल्ला धम्की दिए । उनीहरुले आफ्नो मन्दिर निर्माणमा कुनै बाधा आयो भने अर्को डिसेम्बर ६ निम्त्यादिने धम्की दिए । तर उनीहरु दावी गरेजस्तो केही पनि गर्न समर्थ भएनन् किनकि आजको दिनमा १९९२ डिसेम्बर ६ जस्तो पागलपन सिर्जना गर्न सजिलो छैन ।  मानिसहरुको जमघट उनीहरुको अपेक्षाभन्दा कयैंन गुणा कम रह्यो । जबकी वर्तमान सरकारको अनौपचारिक समर्थन पूर्ण रुपले आयोजकहरुमाथि रहेको आमधारणा थियो ।  

२६ वर्षपछि फेरि डिसेम्बर ६ ले ढोका ढक्ढक्याएको छ र सधैंजस्तो  धेरै ठूलो प्रहरीको तैनाथी हुनेछ र अयोध्यावासी तनावमा रहनेछन् । मन्दिरको कुरा गर्नेहरुले यो भुल्छन्कि उनीहरुको प्रतिक्रियाको कारण दैनिक रुपमा भगवान रामको दर्शनका गर्न आउनेहरु डिसेम्बर ६ का दिन दर्शनबाट बञ्चित हुन्छन् । किनकि त्यहि विचाराहरुलाई आजको दिन छेउछाउका जिल्लाको सीमामै रोकिन्छ ।  

दंगा र हिंसाको डरले गर्दा पनि डिसेम्बर ६ को दिन सोही वरपरका श्रद्धालुको संख्या निकै कम रहने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप