शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चितवन टाइगर्सलाई टेन्सवर्गको प्रायोजन

बिहीबार, २० मङ्सिर २०७५, १९ : १२
बिहीबार, २० मङ्सिर २०७५

काठमाडौं –नेपालको एक अग्रणी वियर कम्पनी टेन्सवर्गले आगामी तेस्रो एभ्रेष्ट प्रिमियर लिग टि–२० टुर्नामेन्टमा सहभागी टोली चितवन टाइगर्सलाई प्रायोजन गर्ने जनाएको छ । मंसिर २२ गते देखि पुष ७ गते सम्म हुन गइरहेको यो टुर्नामेन्टमा सहभागी भई नेपालमा क्रिकेट खेलको विकासको लागी टेन्सवर्ग अग्रसर रहेको छ ।

नेपालमा क्रिकेट खेलको लोकप्रियता बढ्दै आइरहेको कारण खेलको प्रगतिको लागी चितवन टाइगर्सलाई मुख्य प्रायोजन गरी सहभागीता जनाएको छ । एम्वेसी रेष्टुरेन्टमा भएको कार्यक्रममा टेन्सवर्गले चितवन टाइगर्स सँगको साझेदारीमा खुशी व्यक्त गर्नुको साथै आगामी खेलहरुको लागी शुभकामना व्यक्त गरेको छ ।

चितवन टाइगर्स पृथु बास्कोटाको कप्तानीसँगै दिपेन्द्र सिंह अ‍ैरी, आईरलाण्डको पल स्टर्लिङ्ग र बेलायतको जोन सिम्पसन, जर्ज स्कट र अन्य उत्कृष्ट खेलाडीहरुको साथ “रोर रोर चितवन टाइगर्स” को नारा लिई यो टुर्नामेन्टमा सहभागी हुन गइरहेको छ । 

टेन्सवर्गले परम्परागत विधिमा नयाँ वियर उत्पादन गर्दै आइरहेको छ । ग्राहकको सन्तुष्टिमा कमी नदिन टेन्सवर्गले उत्कृष्ट वियर बजारमा उपलब्ध गराउँदै आएको छ, जसले ग्राहकलाई अविश्वसनीय खुशी प्रदान गर्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप