बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राशि अनुसार आफ्नो भाग्य हेर्नुहोस्

शुक्रबार, २१ मङ्सिर २०७५, ०६ : २३
शुक्रबार, २१ मङ्सिर २०७५

वि.सं. २०७५ साल मङ्सिर २१ गते । शुक्रबार । इस्वी सन् २०१८ डिसेम्बर ०७ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग कृष्ण पक्ष । तिथि औषिं,  १४ घडी १८ पला,  दिउँसो १२ बजेर २६ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र ज्येष्ठा,  ५८ घडी ५९ पला । योग धृति,  ३८ घडी २७ पला,  बेलुकी १० बजेर ०२ मिनेट उप्रान्त शूल । करण नाग,  दिउँसो १२ बजेर २६ मिनेट उप्रान्त किंस्तुध्न,  रातको १२ बजेर ४७ मिनेट उप्रान्त वव । आनन्दादिमा चर योग । चन्द्रराशि बृश्चिक । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस  । स्नानदान गर्ने औंसी । हलो बार्ने ।

काठमाडौँमा सूर्योदय ०६ बजेर ४३ मिनेट,  सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । दिनमान २६ घडी ०१ पला ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)  व्यापार व्यावसायमा आजको दिन लगानी नगर्नु नै राम्रो हुनेछ । बैङ्क तथा वित्तीय संस्थामा गरिएको लगानीबाट सन्तोषजनक नाफा हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । विद्यामा सफलता पाउन मिहिनेत गर्नुपर्ला । दिदी, बहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पत्ति तथा रुपैयाँ पैसा हराउन तथा लुटिन सक्छ, ध्यान दिनुहोला । भ्रष्टचारसम्बन्धी मुद्दा मामिला आइलाग्न सक्छ, काम गर्दा ध्यान दिनु जरुरी देखिन्छ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)  पति पत्नीका साथ रमाइलो व्यावसायिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सवारी साधन तथा भौतिक सम्पत्ति जोड्ने योग रहेको छ । पढाइ लेखाइमा अरूभन्दा अगाडि तपाईंको नाम आउँदा मन प्रसन्न रहनेछ । माया प्रमको गाठो मजबुत भएर जानेछ भने दाम्पत्य जीवनमा थप खुसियाली छाउनेछ । आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ  । आम्दानी बढ्ने हुनाले विलाशी जीवनयापन गर्न सकिनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)  न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईंकै पक्षमा हुनेछन् भने सत्रुलाई परास्त गर्ने उपाए फुर्नेछ । पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिने तथा परिवारका आवस्यक्ताहरू पूरा गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरूलाई साइड लगाउँदै एक दुई कदम अगाडि बढ्न सकिनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा प्रेमका कोपिलाहरू पक्रिएर जानेछन् ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)  सोचेको कामहरू तत्काल गर्न नसकिने हुँदा समयले तपाईंलाई पछि छाड्नेछ । पढाइ लेखाइमा समय दिए पनि भनेजस्तो नतिजा हात लाग्नेछैन । व्यापार व्यावसायमा लगानी गरिहाल्ने वातावरण नभएकाले तत्काल कुनै कामको सुरुवात नगर्नुहोला । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोल, अप्रिय घटना नहोला भन्न सकिन्न । माया प्रेममा फक्रिँदै गरेको कोपिलाहरू चुडिने अधिक सम्भावना रहेकोछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)  घर जग्गा तथा सवारी साधनको खरिदबिक्री गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । विद्यामा सन्तोष जनक प्रगति भएर जानेछ । राजनीति तथा समाज सेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टाएर जानेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाव बढ्नेछ । विश्वास गरेकाबाट धोका हुन सक्छ, सजक रहनुहोला । बाहिरी वातावरणसँग जुध्न नसक्दा छातीसम्बन्धी समस्या आउन सक्छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)  दाजुभाइ तथा छिमेकीबाट सहयोग तथा उपाहार प्राप्तिको योग रहेको छ । आफन्त तथा मन पर्ने साथीका साथ छोटो, रमाइलो तथा अर्थपूर्ण यात्रा हुने हुनाले मन प्रसन्न रहनेछ । न्यायिक निर्णयहरू तपाईंकै पक्षमा हुनेछ भने सत्रु परास्त हुनेछन् । खोज तथा अनुसन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निस्कने हुनाले अध्ययन अध्यापनमा मन जानेछ । आफूलाई मन पर्ने भौतिक सम्पत्ति जोड्न पाउँदा मन हर्सित हुनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)  विभिन्न अवसर आए पनि समयको गतिसँग अगाडि बढन नसक्दा पछि परिनेछ । आफन्त तथा कुटुम्बसँग मनमुटाव हुने योग रहेको छ । सभा समारोहमा तयारीबिना नै दिइने प्रस्तुतिले कुनै अर्थ नराख्न सक्छ, ध्यान दिनुहोला । पढाइ लेखाइमा कमजोर भएको महशुस हुनेछ भने नतिजा अरूतिर नै जानेछ । खानपानमा विशेष ध्यान दिनुहोला, खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ ।

बृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)  आफूसँग भएका स्रोत साधनलाई सही रूपमा परिचालन गरी आम्दानी बढाउन सकिनेछ । पुराना लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले राम्रो अङ्क ल्याई सफलता हात पार्न सकिनेछ । कुनै पनि विषयमा समयमा निर्णय लिन सक्दा मानसम्मानमा वृद्धि भएर जानेछ । प्रेममा आत्मीयताको भाव झल्कनेछ भने साथीभाइसँगै रहेर मीठो खाना खाने तथा रमाइले गर्ने अवसर जुर्नेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)  गलत काम भुलेर पनि नगर्नुहोला, नराम्रो परिणाम भोग्नु पर्नेछ । पढाइ लेखाइमा अल्छी गर्नाले अरूभन्दा निकै पछि परिनेछ । स्वास्थ्य बिग्रने हुँदा कामहरू प्रभावित हुनेछ सचेत रहनुहोला । व्यापार व्यावासाय खस्केर जानेछ भने विदेशी सामानको व्यापार बढेर जाने योग रहेको छ । घरायसी कुरामा आफन्तबिच मनमुटाव सिर्जना हुनेछ भने माया प्रेममा खटपट हुने योग रहेको छ । लामो दूरीको यात्रा हुने तथा विदेशमा  हुनेहरूले मनग्गे धन सम्पत्ति जोड्ने ग्रहयोग रहेको छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)  विभिन्न भौतिक तथा विलाशी सामान जुट्नेछन् भने भविष्यमा आम्दानी हुने व्यावसायमा लगानी गर्न सकिनेछ । आयस्रोतका बाटा फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा मनग्गे आम्दानी गर्न सकिनेछ ।  शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । दाजुभाइको सहयोगले राम्रा तथा उपलब्धिमूलक काम गर्न सकिनेछ । 

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) नया शैली प्रयोग गरेर गरिने व्यापार व्यावसाय अथवा कुनै कामबाट मनग्गे आम्दानी हुनेछ । आर्थिक रूपमा सम्पन्न हुनका लागि थालिएका काम स्वतः स्फूर्त तथा सिस्टममा जाने हुनाले मन प्रसन्न हुनेछ । पढाइ लेखाइमा अरूभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइनेछ । पैत्रिक धन सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोत बढाउन सकिनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) यात्रा गर्दा ध्यान दिनुहोला, लामो दूरीको शैक्षिक यात्रा तथा धार्मिक यात्रा गर्दा बाटोमा बाधा अवरोधको सामना गर्नुपर्ने हुनसक्छ । स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुस हुनेछ । धार्मिक स्थल तथा मन्दिरतिर गई दर्शन गर्न सकिनेछ । पढाइ लेखाइ आफ्नै कारणले बिग्रने सम्भावना रहेको छ । सार्वजनिक काम गर्दा ध्यान दिनुहोला, काम बग्रने तथा जरिवार तिर्नुपर्ने सम्भावना छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप