शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धेरै सुत्नुहुन्छ ? ज्यान जाने खतरा अत्यधिक

शुक्रबार, २१ मङ्सिर २०७५, ०८ : ५९
शुक्रबार, २१ मङ्सिर २०७५

आवश्यकताभन्दा बढी सुत्नाले हृदय रोग र ज्यान जाने जोखिम बढ्ने एक नयाँ अनुसन्धानले बताएको छ ।

चीनको म्याकमास्टर एण्ड पिकिंग युनियन मेडिकल कलेजले गरेको अनुसन्धानमा पत्ता लागे अनुसार राती र दिउँसोको निन्द्रा जति लामो हुन्छ खतरा त्यति नै बढ्ने गर्छ । यो शोध युरोपियन हार्ट जर्नलमा बुधबार प्रकाशित भएको हो ।

अनुसन्धानमा २१ देशका एक लाख १६ हजार ६ सय ३२ वयस्क समावेश गरियो ।

अनुसन्धानकर्ताले ७.८ वर्षसम्म ती व्यक्तिहरुको निन्द्रा र समग्र स्वास्थ्यबारे अनुसन्धान गरेका छन् ।

उक्त अनुसन्धान अनुसार आठ घण्टाभन्दा बढी सुत्ने व्यक्तिलाई हार्ट स्ट्रोक र हार्ट फोल्योरको अत्यधिक खतरा देखियो । यस्ता व्यक्तिको चाँडै नै मृत्यु हुने सम्भावनामा ४१ प्रतिशतको बढोत्तरी देखियो ।  

उदाहरणका लागि राती आठदेखि ९ घण्टा सुत्नेहरुमा मृत्यु र मुटु रोगको सम्भावनामा पाँच प्रतिशत खतरा देखियो भने १० घण्टा सुत्नेहरुलाई १७ प्रतिशत र १० घण्टा बढी सुत्नेहरुमा ४१ प्रतिशत खतरा देखियो ।

दिउँसो एकैछिन सुत्ने र राती ६ घण्टाभन्दा कम सुत्नेभन्दा दिउँसो पनि सुत्ने र राती पनि ६ घण्टा बढी सुत्नेहरुमा मृत्यु र मुटु रोगको सम्भावना धेरै पाइयो ।

‘राती सुत्न नपाएकाले मात्र  दिउँसो सुतेर यसको भरपाई गर्नुपर्छ,’ वाङले सिएनएनलाई भने ।

यसअघि गरिएको अनुन्धानमा पर्याप्त निन्द्रा नपुग्दा उच्च रक्तचाप, मोटोपना, मुटुरोग र मधुमेहको खतरा हुने बताइए पनि यो नयाँ अनुसन्धानमा भने यीबारे सम्बन्ध नपाइएको बताइएको छ ।

वाङका अनुसार दैनिक ६ देखि आठ घण्टाको सुताई पर्याप्त हो ।

अमेरिकन एकेडेमी अफ स्लिप मेडिसिन र स्लिप रिसर्च सोसाइटीले १८ देखि ६० उमेर समूहलाई सात घण्टा सुत्न सल्लाह दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप