निर्मलाका हत्यारा प्रधानमन्त्री र गृहमन्त्री हुन् : कांग्रेस नेत्री संग्रौला
बुटवल । नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा सांसद डा.डिला संग्रौलाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा प्रधानमन्त्री र गृहमन्त्री भएको दाबी गरेकी छन् ।
साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको भन्दै सुरक्षा दिन नसक्ने गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा समेत माग गरिन् ।
रिपोर्टर्स क्लव प्रदेश ५ द्वारा बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै डा संग्रौलाले भनिन्—‘नेपालमा न्याय मर्यो, न्याय बिकी सक्यो,अपराधिहरु सिंहदरबारको सुरक्षाभित्रै छन् ।’
निर्मलाहरुको न्यायका लागि सिंगो समाज नजागेसम्म सम्भब नभएको भन्दै उनले वर्तमान ओली सरकार बादशाह,महेन्द्रपथ र निरंकुशतातर्फ गैरहेको समेत दाबी गरिन् ।
सरकारले न्याय नदिदा निर्मलाका बुबाको मानसीक सन्तुलन गुमेकोमा चिन्ता व्यक्त गर्दै उनले निर्मलाका बुबाले आफुसंग‘कि फांसी देउ की मलाइ न्याय देऊ’भनेको सुनाइन् ।
‘दुइतिहाइको सरकारले ९ महिनामा के के गर्यो ? जनताको बांच्न पाउन अधिकार पनि कुण्ठित भएको र राज्यले भयावय स्थिती सिर्जना गरेको छ, किन राज्य यति कमजोर भयो ? उनको प्रश्न छ ।
काठमाडौंमा एसिया प्यासिफिक सम्मेलन गर्दै नेपाल सरकार सहआयोजक बनेर क्रिस्चियन धर्मको प्रचार गरेकोमा उनको दुखेसो छ ।
‘प्रधानमन्त्रीले डलरको खेती गर्ने ठूलो तक्मा लगाउने अनि बिबादीत एनजिओको बन्धक बन्न मिल्छ ?,’उनको प्रश्न छ ।
संबिधानको धारा ९१ क मा फरक—फरक पार्टी र लिंगका सभामुख र उपसभामुख हुने भनेपनि सरकारले संबिधान लल्याइएको उनको भनाइ छ ।
सरकारले प्रेस स्वतन्त्रता, न्यायपालिकामा पनि कब्जा गर्ने रणनीति असफल हुने उनको दाबी छ ।
अहिलेको दुइतिहाइ सरकारलाइ असफल हुने अधिकार नभएको भन्दै उनले सरकार संघीयताको कार्यान्वयनमा पनि चुक्दै गएको आरोप लगाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा