बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१७ वर्षे मोडललाई यौन शोषणको आरोपमा मिका सिंह दुबईमा पक्राउ

शुक्रबार, २१ मङ्सिर २०७५, १२ : १०
शुक्रबार, २१ मङ्सिर २०७५

भारतीय गायक मिका सिंह यौन शोषणको आरोपमा दुबईमा पक्राउ परेका छन् । उनीमाथि १७ वर्षे ब्राजिलियन मोडलमाथि यौन शोषणको आरोप लागेको हो ।

गल्फ न्यूजका अनुसार मिकाले ब्राजिलियन किशोरीलाई ह्वाट्सएपमार्फत एक अश्लील तस्बिर पठाएका थिए त्यसपछि उनले दुबई पुलिसलाई यसबारे जानकारी दिएकी थिइन् ।

मिकालाई बिहिबार दिउँसो तीन बजे दुबईको एक होटलबाट पक्राउ गरिएको हो । उनी मसाला अवार्डस् फङ्शन २०१८ मा समावेश हुनका लागि दुबई गएका थिए । बिहिबार राती उनको दुबईको एक होटलमा कार्यक्रम थियो जसपश्चात् उनी भारत फर्किने तयारीमा थिए तर अब उनको भारत फिर्तीमा केही समय लाग्ने बताइएको छ ।

रिपोर्टका अनुसार मिकाले ब्राजिलियन मोडललाई बलिउडमा काम दिलाउने बाचा पनि गरेका थिए । मिकाले काउन्सलर एक्सेसको माग गरेका छन् । यूएई अर्थात् संयुक्त अरब इमिरेट्सस्थित भारतीय दूतावास मिकालाई काउन्सलर उपलब्ध गराउने कोसिस गरिरहेको छ । जब घटना दुई देशबीचको हुन्छ तब आरोपीलाई काउन्सलर उपलब्ध गराइने प्रावधान छ । यूएईमा भारतीय राजदूत नवदीप सिंह सुरीले यसबारे जानकारी दिएका हुन् ।

यस मामलामा नयाँ अपडेट सार्वजनिक भएको छ । मिकालाई बिहिबार अबेर राती जमानतमा रिहा गरिएको छ । उनलाई शुक्रबार अदालतमा पेश गरिनेछ जहाँ यसको सुनुवाई हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप