कोरियामा नेपाली विद्यार्थीबाट आत्महत्याको प्रयास
काठमाडौँ । दक्षिण कोरियाको छेजुदो टापुमा एक नेपाली विद्यार्थीले आत्महत्याको प्रयास गरेका छन् । छेजुदो टापुको छेजुहल्ला विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीले आत्महत्याको प्रयास गरेका हुन् ।
विद्यार्थीको नाम र ठेगाना गोप्य राखिएको छ ।
विश्वविद्यालयको होस्टेलमा बस्दै आएका ती विदार्थीलाई मंसिर १८ गते राती २ बजे होस्टेल बाहिरबाट घाइते अवस्थामा उद्धार गरिएको थियो । सोही विश्वविद्यालयमा अध्ययनरत एक विद्यार्थीका अनुसार घाइते विद्यार्थीको हात, घाँटी तथा छातीमा चोट लागेको छ । उनको अवस्था चिन्ताजनक रहेको छ ।
कोरियामा नेपाली विद्यार्थी : कन्सल्टेन्सीको ललिपप, डिप्रेसनमा विद्यार्थी
जागिर नपाएपछि तनाबमा थिए विद्यार्थी
सोही विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीका अनुसार आत्महत्याको प्रयास गर्ने विद्यार्थीले केही दिनअघि मात्रै जागिर गुमाएका थिए । यसअघि आल्बा भनिने पार्टटाइम काम गरिरहेका उनलाई कामबाट बिदा गरिएको थियो । काम नपाएपछि बिरक्तिएका उनले आत्महत्याको प्रयास गरेको हुनसक्ने अनुमान गरिएको छ ।
नेपालका कन्सल्टेन्सीहरुले कोरियामा पढाईसँगै राम्रो काम पाइने भनेर नेपाली विदार्थीलाई पठाउने र त्यहाँ काम नपाएपछि नेपाली विद्यार्थीहरु डिप्रेसनमा परेको बारे रातोपाटीले यसअघि नै समाचार प्रकाशन गरिसकेको थियो । छेजुहल्ला विश्वविद्यालयमा नयाँ विद्यार्थी पठाउन रोक लगाउनेबारे त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुले सोलसिथ्त दूतावासलाई पत्रसमेत लेखेर ध्यानाकर्षण गराएका थिए । तर दूतावासले यस विषयलाई गम्भीरताका साथ नलिँदा दुर्घटना भएको नेपाली विद्यार्थीले आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी