शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संसद सचिवालयका कर्मचारीको रमाइलो : संसद दिवसको दिन ‘टाई’ बनाउने प्रतियोगिता

शुक्रबार, २१ मङ्सिर २०७५, १२ : ५६
शुक्रबार, २१ मङ्सिर २०७५

काठमाडौँ । नेपालका सरकारी कर्मचारीहरुले कार्यालयको काम मात्र गर्दैनन्, बेला बखत रमाइला–रमाइला प्रतियोगिता पनि गर्छन । 

अबको केही दिनभित्र नै कर्मचारीले एउटा रमाइलो प्रतियोगिता आयोजना गर्दैछन् । त्यो रमाइलो प्रतियोगिता हो, टाई बनाउने प्रतियोगिता ।   

संघीय संसदका कर्मचारीहरुले बाह्रौ व्यवस्थापिका–संसद सेवा दिवसको अवसरमा टाई बनाउने प्रतियोगिताको आयोजना गरेका छन् । आउदो मंसिर २५ गते बिहान ११ बजे हुने टाई बनाउने प्रतियोगितामा सहभागीका लागि नाम दर्ता गर्न कर्मचारीहरुका लागि सूचना प्रकाशन गरिएको छ । 

प्रकाशित सुचना अनुसार मंसिर २४ गतेसम्म कार्यालय समयभित्र  नाम दर्ता गर्नुपर्नेछ । प्रतियोगितामा छिटो टाई बनाएर पहिलो, दोश्रो र तेश्रो हुनेलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको पनि जनाइएको छ ।

टाई बनाउने प्रतियोगिता गर्नका लागि बाह्रौँ व्यवस्थापिका संसद दिवस, २०७५ मुल समारोह समितिको टाई बनाउने प्रतियोगिता उपसमिति नै बनाइएको छ । 

यो समितिको संयोजक मुरारी महत रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप