शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीसँगको मुठभेडमा खुङ्खार डाका राजन लिम्बु घाइते

शुक्रबार, २१ मङ्सिर २०७५, १४ : ०२
शुक्रबार, २१ मङ्सिर २०७५

काठमाडौं– काठमाडौँको रातोपुलमा गोली हानाहान भएको छ । प्रहरीसँगको गोली हानाहानमा इटहरी उपमहानगरपालिका ५ स्थायी घर भएका राजन लिम्बु घाइते भएका छन् ।

लिम्बुसँग गोली र पेस्तोल भएको सूचनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण गर्न खोज्दा प्रहरीले जवाफी फायर खोलेको थियो ।

लिम्बुको साथबाट चार राउण्ड गोली र एउटा पेस्तोल बरामद भएको अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ ।

घटनामा प्रहरीको गोली लिम्बुको खुट्टामा लागेको छ ।

उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ । प्रहरीका अनुसार लिम्बु खुङ्खार डाका हुन् ।

यसअघि लिम्बुमाथि १८ वटा मुद्दा लागेर १३ बर्ष जेल सजायसमेत भोगिसको छन् ।

उनी यसअघि बैंकमा गएर पेस्तोल देखाउदै लुटपाट गर्ने गरेको नाइके समेत भएको प्रहरीले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप