शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जर्मनीमा एक युगको अन्त्य : एन्जेला मर्केलले पार्टी नेतृत्व त्याग्ने घोषणा गर्दै

शुक्रबार, २१ मङ्सिर २०७५, १४ : ०६
शुक्रबार, २१ मङ्सिर २०७५

ह्यामबर्ग– जर्मन चान्सलर एन्जेला मर्केलले दुई दशकसम्मको पार्टी नेतृत्वबाट विश्राम लिँदै शुक्रबार पार्टीको नेतृत्व त्याग्ने घोषणा गर्दै छिन् । पार्टी नेतृत्वका लागि मर्केलका अनुयायी र लामो समयदेखिका उनका आलोचकबीच प्रतिस्पर्धा हुँदैछ । 

यस प्रतिस्पर्धाको नतिजा सन् २०२१ सम्म चान्सलर पदमा रहने वा नरहने भन्ने विषयमा ६४ वर्षीया मर्केलका लागि निर्णायक हुनेछ । उनले यसअघि नै सन् २०२१ बाट राजनीतिबाट सन्यास लिने घोषणा गरिसकेकी छन् । 

आप्रवासी र शरणार्थीका बारेमा नरम नीति अख्तियार गरेको भनी आलोचनाका साथै सोही कारण पछिल्ला समयमा भइरहेका चुनावमा पराजय भएसँगै मर्केलमाथि क्रिस्चियन डेमोक्रेटिक पार्टी (सीडीयू) छाड्ने दबाब बढेको हो ।

‘१८ वर्षसम्म पार्टीको अध्यक्षता गर्न पाएकामा मलाई गर्व लागेको छ । यो निकै लामो अवधि हो, र यसबीचमा सीडीयूमा धेरै उतारचढाव आएको छ,’ ह्यामबर्गमा आयोजित पार्टी भेलाका क्रममा पत्रकारहरुसँग कुरा गर्दै मर्केलले बताए ।  ‘तर हामीले मिलेरै चारवटा चुनाव जित्यौं, र म सन् २०२१ सम्म चान्सलर अवश्य रहनेछु,’ उनले भने ।  मर्केलले सन् २००५ देखि जर्मनीको नेतृत्व गरिरहेका छिन्, र पार्टी एवं देशलाई युरोप र विश्वकै राजनीतिक केन्द्रका रुपमा उभ्याएकी छिन् । 

दुईजना मुख्य प्रतिस्पर्धीहरु सीडीयूका उपप्रमुख आन्नीग्रेट क्राम्प–कारेन्बर (एकेके भनेर चिनिने) र कर्पोरेट वकील फ्रेड्रिक मर्जमाथि मर्केलको पदचिन्ह पछ्याउने वा त्याग्ने भन्नेमा विवाद र बहस जारी छ । 

तेस्रो प्रतिस्पर्धीका रुपमा रहेका स्वास्थ्यमन्त्री हेन्स स्पान्ह भने निकै पछि रहेका छन् । उनी चान्सलर मर्केलका कटु आलोचक समेत हुन् । उनले जर्मनीमा दश लाखभन्दा बढी आप्रवासी र शरणार्थीलाई जर्मनीमा स्वागत गर्ने मर्केलको नीतिमाथि खुलेरै आलोचना गरिरहेका छन् । 

‘मर्केल युगको अब अन्त्य हुँदैछ,’ राजनीतिक विश्लेषक एवं एकेकेका जीवनी लेखक क्रिस्टिना डन्जले बताइन् ।  ह्यामबर्गमा पार्टीका एक हजार प्रतिनिधि भेला भइसकेका छन् । उनीहरुले पार्टीको नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् । 

एकेकेमाथि मर्केलको बलियो सहयोग र समर्थन रहेको विश्वास गरिन्छ ।  मर्केलका निकट मानिएका अर्थमन्त्री पिटर अल्टमायरले पार्टीलाई एकताबद्ध गराउन सक्ने व्यक्ति एकेके नै रहेको भन्दै खुलेर समर्थन गरेकी छन् । 

सीडीयूले जुनसुकै धार समाए पनि सत्ता साझेदार दल सोसल डेमोक्र्याट्स (एसपीडी) ले मर्केलको भविष्य निर्धारण गर्नसक्ने अनुमान पनि गरिएको छ । 

एसपीडी धेरै लामो समयदेखि मर्केलको छायाँमा परेको भन्दै पार्टीभित्रै आलोचना पनि भइरहेको छ । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप