बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सबै बाणिज्य बैंकको सेयर मूल्य घट्यो,  कुन बैंकको सेयरधनीलाई कति घाटा ?

शुक्रबार, २१ मङ्सिर २०७५, १४ : २६
शुक्रबार, २१ मङ्सिर २०७५

काठमाडौँ । नेपाल स्टक एक्सचेन्जले अनलाइन ट्रेडिङ प्रणालीको शुरुवात गरेको एक महिना पुगेको छ ।  अनलाइन ट्रेडिङ सञ्चालनमा आएपछि सेयर बजारमा सकारात्मक प्रभाव पर्ने र त्यसले सेयरको मूल्यबृद्धिमा सघाउने अधिकांशको विश्वास थियो । 

तर, अनलाइन ट्रेडिङले प्रभावकारी रुपमा काम गर्न नसक्दा र लगानीकर्ता स्वयमले पनि अनलाइन मार्फत कारोबार गर्न नजान्दा शुरुको झण्डै एक साता कारोबार निकै न्युन भयो । कारोबार कम हुदा लगानीकर्ताको आत्मविश्वास खुम्चिसकेको थियो । 

नेपाल स्टक एक्सचेन्जले मंसिर २३ गतेदेखि अनलाइनबाट कारोबार गर्ने लगानीकर्तालाई युजर आइडी र पासवर्ड दिने  भनेपछि लगानीकर्तामा केही आश भने अझै जीवित छ । 

यद्यपि, अनलाइन कारोबार प्रणालीपछि मात्र सेयर बजार ओरालो लागेको भने होइन । यस अघिनै सेयर बजार घट्दोक्रममै रहेको थियो । सेयर बजारले लय समात्न नसक्दा लगानीकर्ताको अर्बौको सम्पत्ति जोखिममा परेको छ । लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडालाई सेयर बजारको कहाली लाग्दो गिरावट रोक्न र लगानीकर्ताको सम्पत्ति बचाउने पहल गर्न माग गरिरहेका छन् । 

हामीले नेपाल स्टक एक्स्चेन्जमा सुचिकृत २७ वटा बाणिज्य बैंकको सेयर मूल्यको गिरावटबारे चर्चा गर्न खोजेका छौ । यसका लागि अनलाइन कारोबार प्रणाली शुरु भएको दिन (कात्तिक २० गते)  र त्यसको ठीक एक महिनाको कारोबार (मंसिर २० गते) को मूल्यलाई लिएर विश्लेषण गर्न खोजेका छौँ । 

यस्तो छ तथ्याङ्क

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत सबै वाणिज्य बैंकको सेयर मुल्यमा भारी गिरावट आएको छ ।  यसमा पनि एक महिनाको अवधिमा नबिल बैंकका लगानीकर्ताले एक सेयर बराबर ९६ रुपैयाँ घाटा बेहोर्नुपरेको छ । बिहिबार यसको सेयर मूल्य ८५० रहेको छ । एक महिनाअघि यसको सेयर मूल्य ९४६ रुपैयाँ थियो । 

यता, नेपाल एसबिआइ बैंकको एक सेयर बराबर ९० रुपैयाँ घटेको छ । यसको पछिल्लो मूल्य ३५४ रुपैयाँ कायम छ । यस्तै एभरेष्ट बैंकको एम महिनामा ७३ रुपैयाँले सेयरको मूल्यमा गिरावट आएको छ ।

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलल रौनियार बैंकहरुले गत वर्षको नाफाबाट लाभांश वित्तरण गर्दा हकप्रद र बोनस सेयर नभइ अधिकांशले नगद नै दिएकाले लगानीकर्ता असन्तुष्ट देखिएको बताउँछन् । साथै बैंकहरुले क्रेडिट क्रन्चको आवश्यकता भन्दा बढी क्रास देखाएकाले पनि बैंकहरुको सेयर मूल्य प्रभावित भएको रौनियारको धारणा छ । 

अहिले बाणिज्य बैंकहरुले चुक्ता पुँजी पुरा गरिसकेकाले लगानी कर्ताहरुलाई नगद लाभांश दिने घोषणा गरिरहेका छन् । 

यद्यपि, ब्याजदरमा देखिएको पछिल्लो प्रतिस्पर्धाले अmभैm सेयर मूल्य प्रभावित हुनसक्ने देखिएको छ । तर, अर्थमन्त्रालयले उच्च स्तरीय समिति बनाए  ब्याजदर र सेयर बजारको विषयलाई सम्बोधन गर्ने भनिरहेको छ । त्यसका लागि समिति समेत गठन भइ सकेको छ ।  

कुन बैंकको सेयर मूल्य कति घट्यो ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप