‘गरुड पुराण’को गीतमा ५० हजारको उपहार
काठमाडौं– फिल्म ‘गरुड पुराण’ ले आफ्नो गीत ‘म त पिरिममा’ गाउने दर्शकका लागि उपहार योजनासमेत ल्याएको छ । गीतको कभर भिडियो निर्माण गर्नेले ५० हजार नगद जित्न सक्ने योजना निर्माण युनिटले अहिले सार्वजनिक गरेको छ । केही पहिले सार्वजनिक यो गीतको बढ्दो लोकप्रियतालाई ख्याल गर्दै यो उपहार योजना ल्याइएको हो ।
गीतमा कभर भिडियो निर्माण गर्ने मध्यबाट उत्कृष्ट एकले नगद रु ५० हजारका साथै एउटा म्युजिक भिडियो र फोटोसेसनको अवसर पनि राखिएको निर्देशक सुवास कोइरालाले बताए । गीतको लोकप्रियतालाई देखेर कभर भिडियो घोषणा गरेका छांै’ उनले भने ‘गीतको बारेमा प्राप्त फिडब्याकमा अधिकाँश सकारात्मक छन् ।’
दिनेश राउतको शब्द रहेको गीतमा कोसिस क्षेत्रीको संगीत छ । कोसिस र मनिषा पोखरेलले स्वर दिएको गीतमा रेनाशा वान्तवा राईले कोरियोग्राफी छ । निश्चल बस्नेत, कर्मा, प्रियंकासिंह ठकुरी र अन्जली योन्जनको नृत्य गीतमा छ ।
भिडियोहरु मदानी क्रिएसनको युट्युब च्यानलमार्फत अपलोड गरिनेछ । यसलाई भ्युजको आधारमा उत्कृष्टता घोषणा गरिनेछ । माघ ४ मा रिलिज हुने फिल्ममा नजिर हुसेन, कामेश्वर चौरसिया, प्रविन खतिवडा, प्रकाश घिमिरे ,रश्मी भट्ट लगायतको अभिनय रहेको छ ।
आकाश बराल, विनोद खतिवडा र सुवास आफंैले लेखेको यो फिल्मको कथा कसम नेपालको हो । निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै