बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सुरक्षा कोषमा १९६ उद्योग/प्रतिष्ठान सामेल

शुक्रबार, २१ मङ्सिर २०७५, १५ : १३
शुक्रबार, २१ मङ्सिर २०७५

काठमाडौं– सरकारले लागू गरेको ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’मा एक सय ९६ उद्योग/प्रतिष्ठान सामेल भएका छन । सामाजिक सुरक्षा कोषले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मंसीर २० गतेसम्म सो कार्यक्रममा १ सय ९६ वटा उद्योग÷प्रतिष्ठान सूचिकरण प्रक्रियामा सामेल भएको जानकारी गराएको हो । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले मंिसर ६ गतेदेखि सो कार्यक्रममा सामेल हुन आवेदन खुला गरिएको पनि बताए । 

त्यसैगरी १ सय ९४ जना रोजगारदाता पनि सो कार्यक्रमको सूचिकरण प्रक्रियामा सामेल भएका छन । सूचिकरण प्रक्रियालाई सहज बनाउन अनलाईन सेवा सञ्चालन गरिएको पनि कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक अधिकारीले कोषले ३ महिनाभित्र संस्थाका कार्यरत श्रमिक तथा कर्मचारीको सूचिकरण गरिसक्नु पर्ने व्यवस्था गरिएको पनि जानकारी दिए ।

कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई सफल बनाउन पनि सबैलाई आह्वान गरेको छ । श्रमिकले पेन्सनसहित स्वास्थ्य उपचार, दुर्घटना र आश्रित परिवारलाई समेत पेन्सन पाउने व्यवस्थासहित प्रधानमन्त्री केपी ओलीले गत मंिसर ११ गते सो कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । कोषमा रोजगारदाताको २० प्रतिशत र श्रमिकको ११ प्रतिशत गरी ३१ प्रतिशत योगदान रहने व्यवस्था गरिएको छ ।

कोषले रोजगारदाता सूचिकरणलाई व्यवस्थित बनाउन ३५ जना कर्मचारीलाई परिचालन गरेको छ । सूचिकरणका लागि अनलाईनबाटै निवेदन दिन पनि कोषले आह्वान गरेको छ । कोषमा श्रमिकको रकम जम्मा नगर्ने रोजगारदाताको बैंक तथा वित्तिय संस्थामा रहेको खाता, चल÷अचल सम्पत्तिदेखि राहदानी समेत रोक्का गर्ने कानुनी प्रावधान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप