शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लोकप्रिय गन्तव्य बन्दै शाश्वत धाम,  २० महिनामा २० लाख दर्शनार्थी

शुक्रबार, २१ मङ्सिर २०७५, १५ : ३१
शुक्रबार, २१ मङ्सिर २०७५

काठमाडौं –नवलपरासीको दुम्कौलीमा रहेको शाश्वत धाममा २० लाख भक्तजनले दर्शन एवं अवलोकन गरेका छन् । संचालनमा आएको २० महिनाको अवधीमा २० लाख भक्तजन एवं धार्मिक पर्यटक शाश्वत धाम पुगेका हुन् ।

सरकारले वेस्ट टुरिष्ट डेस्टिनेशनका रूपमा शाश्वत धामलाई अवार्ड दिइसकेको छ । नेपालमा पछिल्लो समयमा शाश्वत धाम सर्वाधिक लोकप्रिय गन्तव्य बनेको छ । शाश्वत धाममा स्वदेशी एवं विदेशी पर्यटकहरूको ओइरो नै लागेको छ । 

मंसिर २१ गते विहान ११ बजे हेटौडा नगरपालिका वडा नम्बर ४ पारिजात पथकी ७६ बर्षिया बृद्धा लोकलक्ष्मी आचार्य २०औं लाख दर्शनार्थीका रुपमा शाश्वत धाम प्रवेश गरिन् । उनलाई शाश्वत धामको विशेष दर्शन एवं परिक्रमाका साथ व्यवस्थापनले विशेष सम्मान गरेको छ ।

उनी लगायतका शुक्रबार शाश्वत धाम पुग्ने दर्शनार्थीलाई पञ्चेवाजा, स्वस्ती वाचन, भजन किर्तनले स्वागत गरिएको छ ।

‘यो मेरो जीवनकै विर्सिन नसक्ने क्षण बनेको छ’ आचार्यले भनिन्, ‘शाश्वत धामको महत्व सुनेकी थिएँ । आज यस भगवानको मन्दिरमा मलाई प्राप्त भएको सम्मान मेरो हृदयमा सदा सदाका लागि रहनेछ ।’ 

पूर्व–पश्चिम राजमार्गस्थित सिजिआइपीसँगै रहेको यस धामको निर्माण अर्बपति विनोद चौधरीले झण्डै डेढ दशक लगाएर गरेका हुन् । नेपाली कला, सँस्कृती एवं सनातन धर्मको प्रवर्धन गर्न शाश्वत धाम निर्माण गरिएको बताइएको छ । शाश्वत धाममार्फत् आन्तरिक एवं वाह्य पर्यटकलाई आकर्षित गरि नेपालको पर्यटन उद्योगमा योगदान पु¥याउनु अर्को महत्वपूर्ण लक्ष रहेको पनि बताइएको छ । 

‘हामी शाश्वत धाममा धेरैभन्दा धेरै दर्शनार्थी एवं पर्यटकलाई स्वागत गर्न चाहान्छौँ’ चौधरी ग्रुपका अध्यक्ष एवं शाश्वत धामका फाउण्डर ट्रस्टी विनोद चौधरीले भने, ‘सनातन धर्मप्रति आस्थावान सम्पूर्ण नेपालीहरूको भावनालाई सम्मान गर्दै हामी शाश्वत धाममा थप सम्पदाहरू विस्तार गर्न प्रतिवद्ध छौँ ।’

अध्यक्ष चौधरीले स्वदेशी एवं विदेशी पर्यटकहरूका लागि शाश्वत धाम नेपालकै सर्वाधिक आकर्षक गन्तव्यस्थलमध्येको एक बन्ने विश्वास पनि व्यक्त गरे ।

केही दिन अघि मात्रै शाश्वत धाममा बुद्ध चैत्य र बुद्धिस्ट सेन्टर समेत स्थापना गरिएको   छ । यहाँ बुद्ध धर्मको इतिहास झल्काउने संग्राहलय रहेको छ । यसअघि नै यहाँ हिन्दू धर्मका बारेमा विस्तृत जानकारी दिने धार्मिक संग्राहलय स्थापना गरिएको थियो । शाश्वत धाम सनतन धर्मको रिसर्च सेन्टरका रुपमा समेत विकास भएको दावी धामको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप