शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मंसिर २१ गतेदेखि केएमसीमा रोजगार मेला

शुक्रबार, २१ मङ्सिर २०७५, १९ : ५५
शुक्रबार, २१ मङ्सिर २०७५

काठमाडौं । केएमसी एजुकेशनल नेटवर्कद्वारा सञ्चालित हिमालय कलेज अफ इन्जिनियरिङ, काठमाडौं मोडेल कलेज र अपोलो इन्टरनेसनल कलेजको संयुक्त आयोजनामा काठमाडौं मोडल कलेज बालकुमारीको प्राङ्गणमा मंसिर २१ गते बृहत रोजगार मेला सम्पन्न भएको छ । 

बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालित उक्त मेलाको सम्ुद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हरिभक्त शर्माले भने, ‘देश हाम्रो हो, हामीले बनाउने हो, हामीसँग प्रचुर सम्भावनाहरू छन् । नेपाल प्रकृतिको अनुपम उपहार हो । बस्नका लागि यो संसारकै सुन्दर स्थान हो । यहाँका अनन्त सम्भावनाहरूको खोजी गरी देशको नवनिर्माण गर्ने जिम्मा विद्यार्थीको काँधमा छ ।’ 

हिमालय कलेज अफ इन्जिनियरिङ, काठमाडौं मोडेल कलेज र अपोलो इन्टरनेसनल कलेजका विद्यार्थीहरूमा लक्षित उक्त मेलामा २० ओटा प्रतिष्ठित रोजगारदाता कम्पनीहरू सहभागी भएका थिए । मेलामा विभिन्न रोजगारदाता कम्पनीहरूले आवश्यक जनशक्ति अन्तर्वार्ताबाट छनोट गर्ने आयोजक संस्थाका निर्देशक कपिलदेव रेग्मीले जानकारी दिएका थिए  । 

मेलामा नेटवर्क अन्तर्गतका झण्डै १०० जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए । उक्त मेलाको लागि पूर्वतयारीका रूपमा आफ्नो वैयक्तिक विवरण (सिभि) लेखन र समूह छलफल लगायतका कार्यक्रममा सहभागी भएका थिए । तिनै विद्यार्थीहरूले मे्लाका दिनमा रोजगारदाता संस्थाका प्रतिनिधिलाई आफ्नो अन्तर्वार्ता दिए । 

त्यसैबाट रोजगारदाता कम्पनीहरूले आफूलाई आवश्यक पर्ने जनशक्तिको छनोट गर्न लागेका छन् । उक्त मेलाको आयोजना मेरो जब नामक संस्थाको साझेदारीमा सम्पन्न भएको हो । मेरो जव संस्थाका कार्यकारी निर्देशक शैलेन्द्रराज गिरीले सहकार्य गर्न पाएकामा खुशी व्यक्त गरे ।  

उक्त कार्यक्रममा कपिलदेव रेग्मीले स्वागत मन्तव्य राखेका थिए भने नेटवर्कका निर्देशक किशोर गौतमले कार्यक्रमको महत्त्वमाथि प्रकाश पारेका थिए । यसैगरी हिमालय कलेज अफ इन्जिनियरिङका प्राचार्य इन्जिनियर मदन शर्माको अध्यक्षतामा सञ्चालित कार्यक्रममा केएमसी एजुकेशनल नेटवर्कका प्रबन्ध निर्देशक रामेश्वर अर्यालले प्रमुख अतिथि तथा अतिथिलाई मायाको चिनो प्रदान गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप