बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नाडेपले हकप्रद शेयर बिक्री गर्ने

शुक्रबार, २१ मङ्सिर २०७५, २० : १२
शुक्रबार, २१ मङ्सिर २०७५

काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्थाले रु १६ लाख बराबरको हकप्रद शेयर बिक्री गर्ने भएको छ । 

नेपाल धितोपत्र बोर्डले सो संस्थालाई एक बराबर एकको दरले हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको हो । बैंकको कूल चुक्ता पूँजी रु १६ करोड रहेको छ ।

बोर्डको स्वीकृतिअनुसार बैंकले यही मङ्सिर २३ गतेदेखि आगामी पुस २९ गतेसम्म शेयर बिक्री गर्ने जनाएको छ । 

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । 

इक्रा नेपालले सो बैंकको आर्थिक अवस्था औसतभन्दा तल रहेको उल्लेख गर्दै ग्रेड चार दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप