शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सयपत्री हाइड्रोले साधारण शेयर बिक्री गर्दै

शुक्रबार, २१ मङ्सिर २०७५, २० : १४
शुक्रबार, २१ मङ्सिर २०७५

काठमाडौँ । साधारण शेयर बिक्रीको तयारीमा रहेको सयपत्री हाइड्रोपावर लिमिटेडको वित्तीय अवस्था कमजोर रहेको पाइएको छ । 

वित्तीय अवस्थाका बारेमा विश्लेषण गरेको केयर रेटिङ नेपालका अनुसार सो कम्पनीले केयर एनपी आइपिओ ग्रेड पाँच पाएको छ । त्यो भनेको कम्पनीको आर्थिक अवस्था कमजोर रहेको भन्ने हो । 

कम्पनीले रु नौ करोड बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ । त्यसका लागि नेपाल धितोपत्र बोर्डमा साधारण शेयर बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएको छ । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितलाई रु तीन करोड बराबरको साधारण शेयर बिक्री गर्नेछ । कम्पनीले बागलुङको दरमखोलामा नदी प्रवाहमा आधारित दुई दशमलव पाँच मेगावाट क्षमताको दरमखोला जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । आयोजनाबाट वार्षिक १३ दशमलव ४८ गिगावाट घण्टा ऊर्जा उत्पादन गरेको छ । 

कम्पनीले निर्माण गरेको आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको हरिचौर सवस्टेशनमा जोडिने बताइए पनि सो सवस्टेशनको काम नसकिँदा समस्या परेको छ । 

जसका कारण कम्पनीको आम्दानी सोचेअनुसार हुन नसकेको देखिन्छ । सो आयोजनामा गैरआवासीय नेपालीको समेत लगानी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप