बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

शनिबार, २२ मङ्सिर २०७५, ०६ : ०७
शनिबार, २२ मङ्सिर २०७५

आजको राशिफल

वि.सं.२०७५ साल मंसिर २२ गते । शनिबार । ईश्वी सन् २०१८ डिसेम्बर ०८ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग शुक्ल पक्ष । तिथि प्रतिपदा,१६ घडी १९ पला,दिउसो ०१ बजेर १५ मिनेट उप्रान्त द्वितीया । नक्षत्र मूल,अहोरात्र । योग शूल,३७ घडि २५ पला,बेलुकी ०९ बजेर ४१ मिनेट उप्रान्त गंड । करण वव,दिउसो ०१ बजेर १५ मिनेट उप्रान्त बालव,रातको ०१ बजेर ५१ मिनेट उप्रान्त कौलव । आनन्दादिमा गद योग । चन्द्रराशि धनु ।

 

काठमाडौंमा सूर्योदय ०६ बजेर ४३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । दिनमान २५ घडी ५९ पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिने भएपनि गन्तब्य पहिल्याउन मुस्किल पर्नेछ । पढाई लेखाईमा मन नजाने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । नयाँ योजना बनाउँन सकिने भएपनि सरकारी स्तरबाट सहयोग नपाईदा लागु गर्न सकिने अवस्था रहनेछैन । व्यापार व्यावसायमा तत्काल लगानि गरिहाल्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउँनु होला । प्रेममा धोका हुने अधिक सम्भावन रहेकोछ ।

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दैनिक कारोबार गर्दा एकदमै ध्यान दिनुहोला रुपैया पैसा हराउने तथा तलमाथि हुने अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानि गर्नुभन्दा पनि गरिरहेको कामलाई निरन्तरता दिनुहोला समय मध्ययम रहेकोछ । घर परिवार तथा दिदीबहिनि सँगको सम्बन्धमा दरार आउने योग रहेकोले सन्तुलित व्यावहार गर्नुहोला । पढाई लेखाईमा दिईएको समयबाट भनेजस्तो उपलब्धि आउने सम्भावना कम रहेकोछ भने माया प्रेममा धोका हुनेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखि रहनेछ । बिभिन्न भौतिक बस्तु तथा बिलाशि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनालेअग्र स्थानमा तपाईको नाम आउँनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ भने लामो दुरिको व्यावसायिक यात्रा हुनेछ ।  पढाई लेखाईमा मन जाने हुनाले नतिजा हात पार्न सकिनेछ । 

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सत्रु तथा प्रतिष्पर्धिहरु आईलाग्ने भएपनि अन्तत तपाईको क्षमता देखेर आफै साईड लाग्नेछन् । स्वास्थ्य सम्बन्धि पुराना समस्याहरु ठिक हुँदै जाने तथा काम गर्न सहज बाताबरण बन्नेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै अगाडि बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनि गर्न सकिनेछ । नोकरिमा प्रवेशको सम्भावनालाई नकार्न सकिने अवस्था छैन । प्रेम प्रशङगमा एक अर्काबिच नजिक हुने तथा रमाउँन सकिनेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) खानपानमा बिशेष ध्यान दिनुहोला, पेट सम्बन्धि समस्या आउन सक्छ । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायमा मन्दि आउनेछ । भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा नचाहादा नचाहादै एक अर्काबिच छुट्टिनु पर्दा मनमा खल्लोपन महशुष हुनेछ । सन्तान तथा छोराछोरिसँग पनि मनमुटाव सिर्जन हुने योग रहेकोछ ।

 

कन्या(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) घर जग्गा तथा स्थाई सम्पतिमा बिवाद आउने योग रहेकोछ भने आमा वा आफन्त सँग टाडिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले जनतासँग सन्तुलित व्याबहार गर्नुहोला समय मध्ययम रहेकोछ । सामाजिक काम गर्दा ध्यान दिनुहोला प्रतिष्पर्धिहरुले तपाईको साख गिराउन खोज्नेछन् । खोज तथा अनुशन्धानमा दिईएको समयबाट भनेजस्तो उपलब्धि हासिल हुन मुस्किल रहेकोछ ।

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) दाजुभाई तथा छिमेकिबाट तपाईले शुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुँदा मन प्रशन्न हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानि गर्न आट आउनेछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाडता बढेर जानेछ । पढाई लेखाई प्रगतिकै बाटोमा अगाडि बढ्ने योग रहेकोछ ।

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समाजमा सबैको काम गर्न खोज्दा आलोचना गर्ने तथा खुट्टा तान्नेहरु सक्रिह हुनेछन् । व्यापार व्यावसायबाट भनजस्तो आम्दानि नहुने हुदा आर्थिक अवस्था कमजोर रहनेछ । कुटुम्ब तथा आफन्तसँग सानो सानो कुरामा राय बाजिनेछ । माया प्रेममा अविस्वास सिर्जना हुने तथा श्रीमान श्रीमती बिच मनमुटाब बढ्न योग रहेकोछ । पढाई लेखाईमा प्रशस्त समय दिएपनि सोचेजस्तो नतिजा आउनेछैन ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सामाजिक कामहरु समयमानै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा बृद्धि हुनेछ । राजनीति कर्मिले सर्बसाधारणको काम गरि पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । पढाई लेखाईमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पति तथा विलाशि वस्तुको प्रयोग गर्न पाईने समय रहेकोले मन प्रशन्न हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुसि रहनेछ ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अनाबस्यक ठाउमा श्रम तथा शक्ति खर्च हुन सक्छ , ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ख्याल गर्नुहोला । भुलेर गलत काम नगर्नुहोला तुरुन्त दण्ड तथा सजाय हुन सक्छ । लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने विदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा धोका तथा मनमुटाव हुनेछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा लगानि बढाई प्रशस्त आम्दानि गर्न सकिनेछ भने आम्दानिका स्रोतहरु पहिल्याई जीवन स्तर उकास्न सकिनेछ । पढाई लेखाईमा राम्रो प्रगति गरि नाम कमाउन सकिनेछ भने शिक्षा क्षेत्रको लगानिबाट भनेजस्तो आम्दानि हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन मार्फन नयाँ काम गर्न सकिनेछ । दाजुभाईको सहयोग हुने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ काम पाउने तथा नोकरिमा बढुवाको प्रशस्त सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ भने नया प्रकृतिको काम गर्ने बाताबरण बन्नेछ । पढाई लखाईमा तपाईको नाम अग्र स्थानमा आउनेछ । आमा बुवाको सल्लाह तथा सुझाबलाई आत्मसाथ गर्दै अगाडि बढ्दा मनग्गे लाभ लिन सकिनेछ । सरकारी तथा  प्रशासनिक कामहरु समयमा सम्पादन हुदा मन प्रशन्न हुनेछ । 

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउन,चिना हेराउन तथा वास्तु सँग सम्वन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप