बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहाबाट पेस्तोलसहित दुई युवक पक्राउ

शनिबार, २२ मङ्सिर २०७५, १४ : ४५
शनिबार, २२ मङ्सिर २०७५

सिरहा–  इलाका प्रहरी कार्यालय लहानले अवैध हतियार र लागु औषधसहित दुई युवकलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा लहान नगरपालिका–४ का २५ वर्षीय रंजित यादव र लहान–५ का २७ वर्षीय रामचन्द्र पासमानलाई प्रहरीले पक्राउ गरेको हो । 

रंजित यादवको घरबाट दुई थान कटुवा पेस्तोल, राइफलको गोली र लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

यादवको घरमा धानको बोरामा लुकाइ राखेको अवस्थामा दुई थान कटुवा पेस्तोल, केएफ ८ एमएम लेखिएको राइफल र गोली एक थान बरामद गरेको सिरहाका प्रहरी प्रवक्ता तथा डिएसपी माधवराज खरेलका जानकारी दिए । त्यसैगरी लागुऔषधहरु प्रयोग भइसकेका ८ एम्पुल डाइजेल्याव, ६ एम्पुल फेनारगन, २ एम्पुल लुपिजेसिक, ८ थान सिरिन्ज, ५ ट्याबलेट, डाइलेक्स डीसी १ बोतल फेला परेको प्रहरीको भनाई छ ।
विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी राजेश थापा सहितको प्रहरी टोलीले यादवको घर खानतलासी गर्दा हातहतियार र लागुआषौध भेटिएको जनाइएको छ । पक्राउ परेका यादव र पासमानमाथि अनुसन्धान भइरहेको डीएसपी खरेलले बताए । बरामद गरिएका हतियार र लागुऔषधबारे पनि थप अनुसन्धान भइरहेको उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप