शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कालीगण्डकीमा १७ वर्षीया किशाेरी मृत फेला

शनिबार, २२ मङ्सिर २०७५, १५ : १८
शनिबार, २२ मङ्सिर २०७५

बुटवल–१३ दिनअघि घरबाट बेपत्ता भएकी १७ वर्षीया किशोरी मेनुका श्रेष्ठ कालीगण्डकी नदीको मिर्मी ड्याम्ममा मृत अवस्थामा फेला परेकी छन् ।

पर्वतको बिहादी गाउँपालिका वडा नम्वर ३ रानीपानीकी श्रेष्ठ मंसिर ९ गतेदेखि बेपत्ता भएकी थिईन । श्रेष्ठको मिर्मी ड्याममा सडेगलेको अवस्थामा शव फेला परेको सो वडाका वडाध्यक्ष रणबहादुर ओलीले जानकारी दिए ।

मिर्मिमा होटल  व्यवसाय गर्दै आएका रतन कुँवरले शुक्रवार उनको शव देखेपछि प्रंहरीलाई खवर गरेका थिए । पारिवारिक श्रोतका अनुसार बेपत्ता हुनुअघि श्रेष्ठले बुबासँग काम परेको भन्दै केही रकम मागेकी थिइन् ।

बाबुले पैसा नदिए पछि उनी रिसले चुर हुँदै घरबाट हिडेकी थिइन् । त्यसैको झोकमा कालीगण्डकी नदीमा हामफालेको हुन सक्ने अनुमान स्थानियले गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप