बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बौद्ध विश्वविद्यालयलाई बहुशिक्षामा लैजान राष्ट्रपतिको आग्रह

शनिबार, २२ मङ्सिर २०७५, १५ : ४२
शनिबार, २२ मङ्सिर २०७५

बुटवल–राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बहुशिक्षामा लैजान आग्रह गरिकी छन् । त्यसका लागि सरकारले पूर्वाधार विकास गर्नुपर्ने उनको भनाई छ । 

 बौद्ध विश्व विद्यालयमा अध्ययनका लागि विदेशी  विद्यार्थी आर्कषित गर्ने गरी अध्यापन गर्ने वातावरण सृजना गर्नुपर्नेमा पनि राष्ट्रपतिले जोड दिइन् । 

शनिबार लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औ वार्षिकोत्सव समारोहलाई  लुम्बिनीमा  सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गौतम बुद्धका विचाहरु जहिले पनि शान्तिको मार्गचित्रका रुपमा रहने बताइन् । 

बुद्धको सन्देशलाई आत्मसाथ गर्दै अगाडि बढ्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिँदै भण्डारीले करुणा, सद्भाव र मैत्रीको रुपमा रहेका  बुद्धको उपदेशलाई विश्व शान्तिको भावनमा विकास गर्नुपर्ने खाँचो औंल्याइन् । 

बुद्ध र लुम्बिनी विश्वमा परिचित रहेको भन्दै राष्ट्रपति भण्डारीले लुम्बिनी विश्व विद्यालयलाई आवश्यकता अनुसार अझ परिस्कृत बनाएर अघि बढाइनुपर्नेमा जोड दिइन् । 

देशलाई समृद्धिको बाटोमा अगाडि बढाउनको लागि लुम्बिनी, तिलौराकोट र रामग्रामलाई चक्रपथको रुपमा विकास गरी अन्य स्थानहरु समेत जोडेर बुद्ध परिपथको निर्माण गर्नु आवश्यक रहेको राष्ट्रपति भण्डारीले औंल्याइन् । 

 भैरहवामा निर्माणाधीन अवस्थामा रहेको  गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विदेशी पाहुनाको स्वागतगमा आतुर रहेको भन्दै उनले विमानस्थल पूर्णरुपमा सञ्चालनमा आएपछि लुम्बिनीको गरिमा झनै बढ्ने आशा व्यक्त गरिन् । 

लुम्बिनीमा पर्यटकको आवागमनका साथै  खोज, अध्ययन र अनुसन्धानको लागि सरकारले पूर्वाधार विकास गर्नेमा ढुक्क रहने राष्ट्रपतिले आग्रह गरिन् ।  

कार्यक्रममा प्रदेश नम्बर ५ का प्रदेश प्रमुख उमाकान्त झाले लुम्बिनी  रामग्राम, तिलौराकोट लगायतका ऐतिहासिक  क्षेत्रको खोज र अनुसन्धान गर्नमा विश्व विद्यालयको भूमिका महत्वपूर्ण हुने बताए । बौद्ध विश्व विद्यालयले बौद्ध धर्मको प्रसार प्रसारमा विशेष योगदान दिने भन्दै यसमा प्रदेश सरकारबाट समेत सहयोग हुने उनले बताए । 

कार्यक्रममा बोल्दै संस्कृति  पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले लुम्बिनीको गरिमा बढ्दै गएको  धारणा राखे ।

लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री अधिकारीले लुम्बिनी विश्वविद्यालयमा बौद्ध दर्शन मात्रै नभएर, होटल म्यानेजमेन्ट, टुरिजम लगायतका विषयहरु  थपिँदै गइने पनि  बताए ।

 यस्तै लुम्बिनी विकास कोषको ५ प्रतिशत आम्दानी लुम्बिनी  विश्व विद्यालयलाई प्रदान गर्ने निर्णय मन्पिरिषद्ले गरेको पनि उनले बताए । 

लुम्बिनीलाई शान्तिको केन्द्रको रुपमा विकास गर्न सरकार लागिरहेको भन्दै उनले भने, ‘शान्तिभूमि र पवित्र भूमि लुम्बिनीलाई ज्ञानको केन्द्रको रुपमा विकास गरौँ ।’ 

लुम्बिनीमा ५ हजार बढी मानिसहरु अट्ने सभाहल निर्माणको कार्य शिलान्यास भएको भन्दै उनले  सबैको चिन्ता भएको यो भवन निर्माण २०७७ साल बैशाख पूर्णिमाभित्रैपूरा हुने पनि दाबी गरे । 

 लुम्बिनी गुरुयोजनको काम अवको तीन बर्षमा सक्ने गरी अघि  बढाइएको मन्त्री अधिकारीको भनाई छ । 

कार्यक्रममा पूर्व उपकुलपति प्रा.डा. नरेशमान बज्राचार्य,  प्रा.डा त्रिरत्नलाल बज्राचार्य र पूर्वरजिष्ट्रार पिताम्बरलाल यादवलाई सम्मान गरिएको थयो । 

यस्तै  भिक्षणु धम्मपती गुरुमा , श्रीधरराज राण रिम्पोचे, ज्ञानुपूृर्णीक महास्थविर, हेम्मंग चुङ्गे हाम्पोचेलाई पनि बौद्ध विद्धानको रुपमा  सम्मान गरिएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप