गृहकार्य नगर्दा विद्यार्थीलाई शौचालय सफा गर्ने सजाय
जनकपुर । विद्यार्थीले गृहकार्य नगर्दा धनुषामा एक निजी विद्यालयका शिक्षकले विद्यार्थीहरुलाई शौचालय सफा गर्न लगाएको घटना सार्वजनिक भएको छ ।
धनुषा जिल्लाको बटेश्वर गाउँपालिका वडा नम्बर–२ स्थित सनसाइन इंंग्लिस बोर्डिङ्ग स्कूलका एक शिक्षकले विद्यार्थीहरुले पुरै गृहकार्य नगरेपछि कक्षाबाट निकालेर शौचालय सफा गराएका हुन् ।
विद्यालयका अङ्ग्रेजी विषयका शिक्षक फ्रयांकीले दिएको गृहकार्य गरेर नआएपछि कक्षा ५ मा अध्ययनरत तीनजना विद्यार्थीलाई शौचालय सफा गर्न लगाएको पीडित विद्यार्थी बसन्त कुमार सिंहले बताए ।
के हो घटना ?
गत बुधवार अंग्रेजी शिक्षक फ्रयांकीले ५ वटा होमवर्क दिएका थिए । त्यसमध्ये वसन्त सिंहले ४ वटा होमवर्क गरेका थिए ।
यसअघि विद्यार्थीहरु होमवर्क नगर्दा शिक्षकले केही बेर उभ्याएर एक एक लठी पिटदै बस्न लगाउँदै आएको विद्यार्थी वसन्तले बताए ।
तर बुधवार भने वसन्त सँगै कक्षा ५ मा अध्ययनरत शत्रुधन साह, सुदन शर्मालाई समेत सो कक्षा अवधिभर शौचालय सफा गर्न लगाएको गुनासो पोखे ।
गुनासो गर्दा अभिभावलाई उल्टै हप्काएर पठाए
वटेश्वर गाउँपालिका वडा नं. १ बस्ने विन्देशवर महतोललाई छोरा वस्नतले विद्यालयबाट फर्केपछि शिक्षकले एउटा होमवर्क छुटेपछि शौचालय सफा गराएको कुरा रुदैँ सुनाए ।
छोराको कुरा सुनेपछि आक्रोशित बनेका विन्देश्वरले विद्यालय पुगेर गुनासो पोख्दा उल्टै हप्काएको दाबी गरे । उनले भने, ‘अंग्रेजी शिक्षकसँग मिलेर प्रधानअध्यापकले मलाई धक्का दिए । जे गर्नु सक्छौ गर भने ।’
शिक्षकले अमानवीय व्यवहार गरेको भन्दै न्ययायका लागि गुहार लगाउँदै गाउँपालिकाको न्यायीक समिती र गाउँपालिका स्थित प्रहरी कार्यालयमा बिहीवार निवेदन दिइएको छ ।
स्कूलका प्रिन्सिपल सर्वेस यादवले भने आफुले दुर्व्यवहार नगरेको र विद्यार्थीलाई समान्य सजाय दिएको बताउँदै आफुमाथि लगाइएको आरोप गलत रहेको दावी गरे ।
यता विन्देश्वर महतोले राष्ट्रिय मानवअधिकार आयोग जनकपुर, जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला शिक्षा ईकाई कार्यालय धनुषा लगायत सरोकारवालमा पनि उजुरी दिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा