रहिनन् डिना वाङदेल
बुधबार, ११ साउन २०७४, ०७ : २४
काठमाडौं - कतारस्थित भर्जिनिया कमनवेल्थ युनिभर्सिटीको कला विभागकी प्रमुख डिना वाङदेलको मंगलबार अमेरिकामा निधन भएको छ ।
पारिवारिक स्रोतका अनुसार रुघाखोकी बिग्रिएपछि वाङदेलको शल्यक्रिया गरिएको थियो । उपचाररत अवस्थामा मेनेन्जाइटिसबाट ग्रसित उनको मंगलबार नेपाली समयअनुसार बिहान ११ः३० बजे निधन भएको हो ।
अमेरिकाको भर्जिनिया विश्वविद्यालयले वाङदेललाई कला विभागको प्रमुख बनाएर कतार पठाएको थियो । उनी ५ वर्षदेखि कतारमा कार्यरत थिइन् । ५४ वर्षीया वाङदेल प्रख्यात कलाकार लैनसिंह वाङदेलकी एक्ली सन्तान थिइन् ।
डिनाकी आमा, श्रीमान् दिवाकार र दुई छोरा छन् । कलाकार अस्मिना रञ्जितले डिनाले नेपाली कला क्षेत्रमा निकै महत्त्वपूर्ण योगदान पुर्याएको बताइन्
‘यो खबरले हामीलाई निकै ठूलो चोट परेको छ,’ रञ्जितले भनिन्, ‘हामीलाई पत्याउनै मुस्किल परिरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै