बालबालिकालाई रुचिअनुुुुसारको शिक्षा दिइनुपर्ने
बर्दिबास–राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले बालबालिकालाई बन्देजमा राखेर उनीहरुको बौद्धिक विकास हुन नसक्ने बताएकी छन् ।
शनिवार महोत्तरीको बर्दिबासमा नगरपालिकाद्धारा आयोजित अभिभावक मेला कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् ।
उनले बर्दिबास नगरपालिकाले बालबालिकालाई बालमैत्री शिक्षाद्धारा विद्यालय जान उत्प्रेरित गरेको भन्दै बालबालिकालाई किताबी ज्ञान भन्दापनि प्रयोगात्मक शिक्षा दिन सकें बाल सिकाईमा टेवा पुग्ने प्रष्ट्र पारिन् ।
बर्दिबास नगरपालिकाले अभिभावक मेला गराएर बालबालिकालाई दिएको शिक्षाले उनीहरुको चौतर्फी विकासमा सघाउ पुग्ने विश्वास दाहालले व्यक्त गरिन् ।
उपाध्यक्ष दाहालले आजका बालबालिका भोलि देश हाँक्ने कुशल नागरिक भएकाले आजैदेखि बालविकासमा सबैको ध्यान जानुपर्ने आवश्यकता औंल्याइन् ।
बालबालिकालाई रुचीअनुुुुसारको शिक्षा दिन सके देशमा कुशल जनशक्तिको आधार तयार हुने भन्दै उनले त्यसका लागि सरकारले शिक्षामा समान पहुँचको अवधारणा ल्याएको बताइन् ।
उनले शिक्षकले विद्यालयलाई जागिर खाने थलो मात्र नबनाएर जिम्मेवारी पूर्वक सेवा गर्न सकें अबको केही वर्षमै सामुदायिक विद्यालयले पनि निजी विद्यालयसंग प्रतिस्पर्धा गर्न सक्ने विश्वास व्यक्त गरिन् ।
मेलामा स्वास्थ्य पोषण,सरसफाई कक्ष,बालस्याहार,रेखदेख कक्ष, बालविकास,प्रारम्भिक सिकाईका लागि बाल विकास केन्द्रका विषयगत सिकाइ क्षेत्रहरु— भाषा क्षेत्र,प्रारम्भिक गणित क्षेत्र, विज्ञान क्षेत्र, सामाजिक साँस्कृतिक क्षेत्र,मनोरञ्जन तथा प्रतिभा विकास कक्ष, पिङ टायर टर्नेल आदि स्टलहरु प्रर्दशनीका लागि राखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै