बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पहिले विवाह दर्ता, अनि मात्रै बिहे : मन्त्री केसी

शनिबार, २२ मङ्सिर २०७५, २२ : ४१
शनिबार, २२ मङ्सिर २०७५

    दाङ–प्रदेश नं ५ का सङ्घीय मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले विवाह दर्तापछि मात्रै विवाह गर्न पाउने नीति बनाउनुपर्ने बताएका छन् । 

    समाजमा वातावरणीय शिक्षाको विकास (सिड) संस्थाको आयोजनामा आज तुलसीपुर महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत जिल्लास्तरीय बालविवाह न्यूनीकरण सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री केसीले यस्तो नीति निर्माण गरे मात्रै बालविवाह न्यूनीकरण हुने उनको भनाइ  छ ।

    “पहिलो  विवाह दर्ता गर्ने अनि मात्रै विवाह गर्न पाउने मान्यता दियो भने अहिलेजस्तो सानै उमेरमा बालविवाह गर्ने समस्याको अन्त्य हुन्छ,” मन्त्री केसीले भने, “यसका लागि कानून निर्माणमा समेत प्रदेश सरकारले पहल थाल्छ ।” अझै पनि बालविवाह गर्ने क्रम नरोकिएकाले कानून बनाएर त्यसलाई न्यूनीकरण गर्नुपर्ने उनको भनाइ छ ।

    साथै मुलुकमा नयाँ युगको शुरुआत भएको बताउँदै कुनै पनि देशमा नभएको अभ्यास नेपालबाट शुरु भएको उनको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप