बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गोलबजार उद्योग व्यापार संघमा अग्रवाल प्यानल विजयी

आइतबार, २३ मङ्सिर २०७५, १२ : २८
आइतबार, २३ मङ्सिर २०७५

सिरहा– गोलबजार उद्योग व्यापार संघको शुक्रवार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार भरत अग्रबालको प्यानल विजयी भएको छ । 

आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार अध्यक्ष पदमा भरत अग्रबाल प्रत्यासी जिवछ साहभन्दा चार सय २६ मतान्तरले विजयी भएहा हुन् । भरत अग्रवालले नौं सय ९८ र जिवछ साहले चार सय २६ मत प्राप्त गरेका छन् ।

प्रथम उपाध्यक्षमा महेश साह सुडी, दोस्रो उपाध्यक्षमा आनन्द कुमार यादव,  महासचिवमा जिवछ साहपक्षका राजेश कुमार साहले विजय हात पारेका छन् । संघको १५ सदस्यीय कार्यसमितिमा साह पक्षबाट महासचिवमात्र विजयी भएका हुन् । बाँकी सवै अग्रवाल पक्षले हात पारेको निर्वाचन अधिकृत सुरेन्द्र कुमार सिंहले जानकारी दिए । 

त्यसैगरी कोषाध्यक्षमा विजय कुमार साह र सचिवमा अरुण कुमार सिंह विजयी भएका छन् । 

सदस्यहरुमा समृका देवी महतो, विनोद कुमार साह, कपिलदेव साह, दीपेन्द्र कुमार साह, राम सिंगार साह, हिरा यादव, अनिल लामा, दिनेश कुमार नायक र बैजनाथ शर्मा विजयी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप