मलेसियामा बेपत्ता शिवाकोटीको मृत्यु
आइतबार, २३ मङ्सिर २०७५, १२ : ४७
इलाम– वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेर बेपत्ता बनेका एक व्यक्तिको मलेसियामै मृत्यु भएको छ ।
तीन वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका यहाँस्थित सन्दकपुर गाउँपालिकाको सुलुबुङका नन्दकुमार शिवाकोटीको गत मङ्सिर १६ गते मृत्यु भएको परिवारले जनाएको छ । उनका छिमेकी नेत्र रिजालका अनुसार शिवाकोटीको मृत्यु के कारणले भयो भन्ने बारेमा भने खुलेको छैन ।
शिवाकोटीको शवलाई आजै थाई एयरमार्फत नेपाल ल्याइने तयारी भइरहेको छ । पाँचथर स्थायी घर भएका शिवाकोटी केही वर्षअघि मात्र इलाम बसाइँ सरी आउनुभएको थियो । शिवाकोटीका श्रीमती र ६ जना छोरी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै