चेतनको ‘एक भै जुटौं नेपाली हो’ मा सम्बृद्धिका नारा
आइतबार, २३ मङ्सिर २०७५, १३ : ००
काठमाडौँ– संगीतकार तथा गायक चेतन सापकोटाको नयाँ गीत ‘एक भै जुटौं नेपाली हो’ को भिडियो सार्वजनिक भएको छ । युट्युवमार्फत सार्वजनिक गीतको भिडियोमा संगीतकार सापकोटा र प्रियंका भण्डारी, सञ्जय बराल, मिलन सुवेदी, धर्मेन्द्र बन, प्रेम रिमाल, डा.भोजराज अधिकारी लगायतको अभिनय रहेको छ ।
जेनू बस्नेतको शब्द रहेको गीतमा चेतन सपकोटाको संगीत, प्रमोद खरेलको स्वर छ । चितवनको पर्यटकीय स्थल बीसहजारी ताल, उपरदाङ गढ़ी, सानु गढ़ी पटियानी थारु बस्ती लगायत विभिन्न रमणीय स्थलमा छायाँकन भएको भिडियोमा चितवनको विकास निर्माण र सम्बृद्धिको नमुना शहरको रुपमा देखाईएको छ । टेकेन्द्र शाहको सम्पादन, विशाल भट्टको छायाँकन रहेको भिडियो चेतनले नै निर्देशन गरेका हुन् ।