शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाल्टिमोरमा नेपालीको गाईजात्रा

बुधबार, ११ साउन २०७४, ०९ : ०४
बुधबार, ११ साउन २०७४

-विजय थापा
अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गाईजात्रा फेस्टिवल २०१७ सम्पन्न भएको छ ।

कार्यक्रममा डिसी महानगर क्षेत्र वरपरका नेपाली समुदायसँगै  अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की, महा बाणिज्य दुत प्रेम राजा महत लगायत बाल्टिमोरका श्याम कार्की लगायतको उपस्थिति थियो ।

कार्यक्रममा प्रहसन कलाकार तथा गायक रतन सुबेदी , गायक प्रमोद खरेल तथा प्रसिद्ध हास्यव्यंग्य कलाकार सन्दिप छेत्रीको बिशेष प्रस्तुति रहेको थियो ।

आधुनिक गीत तथा लोक गीतकि नृत्यांगना यशोदा खालिङ्ग राई तथा कृति ज्ञवालीलगायतको पनि प्रस्तुति रहेको थियो ।

नक्कली प्रधानमन्त्रि शेरबहादुर देउवा बनेका कलाकार सन्दिप छेत्री संग गरिएको अन्तर्वार्ता निकै रोचक रहेको सहभागीहरुले बताए । 

लाइन्स क्लब अफ बाल्टिमोर नेप्लिजको निशुल्क स्वास्थ्य शिबिरको सहयोगार्थ गाई जात्रा उत्सव २०१७ को आयोजना गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप