फ्रान्समा सरकारविरोधी प्रदर्शन हिंसात्मक हुँदै, १७ सय जना पक्राउ
पेरिस– फ्रान्समा राष्ट्रपति म्यानुअल माँक्रोको राजीनामाको माग गर्दै हिंसात्मक प्रदर्शनमा उत्रिएका पहेँलो टिसर्टधारीमध्ये एक हजार ७२३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
देशका विभिन्न ठाउँमा प्रदर्शनमा सहभागी उनीहरुलाई पक्राउ गरिएको गृह मन्त्रालयले आइतबार जनाएको छ । पक्राउ परेकामध्ये एकहजार २२० जनालाई अर्को आदेश नभएसम्म थुनामा राख्न आदेश दिइएको छ ।
शनिबार भएको प्रदर्शनमा एक लाख ३६ हजारभन्दा बढी प्रदर्शनकारीहरुले भाग लिएको बताइएको छ । प्रदर्शनका क्रममा भएको झडपमा परी १३५ जना घाइते पनि भएका छन् ।
गत महिना इन्धनको मूल्यवृद्धि गर्ने राष्ट्रपतिको निर्णय विरुद्धको प्रदर्शन हिंसात्मक हुँदै गएपछि अहिले प्रदर्शनकारीहरुले राष्ट्रपतिकै राजीनामा माग्न थालेका छन् ।
फ्रान्सको सीमा क्षेत्रमा बेल्जियमका युवाले पनि ऐक्यबद्धता जनाउँदै प्रदर्शनमा भाग लिएका छन् । त्यहाँबाट पनि दर्जनौ गिरफ्तार भएका थिए ।
प्रहरीले युवाले पहेँलो टिसर्ट लगाएर प्रदर्शन गरेका र जसका कारण असुरक्षा नहोस् भनेर प्रदर्शनस्थलमा ठूलो संख्यामा प्रहरी खटाएको जनाएको छ ।
प्रदर्शनकारीले सवारी आवागमनमा रोक लगाएका थिए । उनीहरुले राजमार्गमा नै प्रदर्शन गरेका थिए भने सर्वसाधारण मानिसलाई बाटो हिँड्न पनि दिएका थिएनन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै