बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

ओपो आर १७प्रो डिसेम्बर १५ देखि नेपालमा, अँध्योरोमा पनि उत्कृष्ट तस्विर लिन सकिने

आइतबार, २३ मङ्सिर २०७५, १७ : ३२
आइतबार, २३ मङ्सिर २०७५

काठमाडौं – सेल्फी एक्स्पर्ट ओपोले आधिकारिक रुपमै आर सिरिज नेपालमा सार्वजनिक गर्ने तयारी पुरा भएको घोषणा गरेको छ । नेपालमा निकै लामो समयदेखि प्रतिक्षारत आर–सिरिजको सुरुवातनयाँ स्मार्टफोन ओपो आर १७प्रो मार्फत गर्ने छ ।

नेपालमा आर १७प्रो को विक्रिको सुरुवात नजिकिँदै गरेको क्रिसमस तथा न्यू इयरको अवसर पारेर डिसेम्बर १५मा गरिने कम्पनीले जानकारी दिएको छ । आर १७प्रो मार्फत आफ्ना उपभोक्तालाई रातका समयमा पनि उत्कृष्ट तस्विर लिन सघाउने कम्पनीको प्रमुख उद्देश्य रहेको छ ।

आफ्नो पहिलो क्यामेरा फोन देखि नै ओपोले आफ्ना विश्वभरका उपभोक्तालाई उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्दै आइरहेको छ । अब आफ्नो आर १७प्रोमा रहेको अल्ट्रा नाइट मोडद्वारा प्रचालित ‘सिज द नाइट’ मार्फत थप युवाहरुको लोकप्रिय स्मार्टफोन बन्ने आफ्नो प्रतिबद्धता पुरा गरिरहेको छ । 

गुणस्तरिय फोटोग्राफीका लागि उत्कृष्ट क्यामेरा

‘नाइट सुटिङ’ अझै पनि स्मार्टफोन उद्योगका लागि एक प्रमुख चुनौतिका रुपमा विद्यमान छ । विशेषगरी नाईट फोटोग्राफीलाई ध्यानमा राखी ओपो आर १७प्रोमा हार्डवेयर तथा सफ्टवेयर दुवै पक्षमा स्तरोन्नती गरिएको छ ।

आर १७प्रोमा प्रयोगकर्तालाई उत्कृष्ट गुणस्तरको नाइट फोटो लिन सघाउन सफ्टवेयर लेभल एआई अल्ट्रा क्लियर ईञ्जिनको ब्यवस्था गरिएको छ । फोनमा दिइएको एआई अल्ट्रा–क्लियर ईञ्जिन ओपोको तस्विर परिस्कृत गर्ने प्रविधि हो । यसले हार्डवेयरको सिमा भन्दा माथी उठेर तस्विरको गुणस्तरमा बृद्धि गर्दै उत्कृष्ट नाइट सट्स लिन सघाउँछ ।

ओपो आर १७प्रोमा एफ१.५/एफ२.४को भ्यारिएबल स्मार्ट एपर्चर दिइएको छ । यसले कम वा अधिक प्रकाश भएका दूबै अवस्थामा तस्विरलाई स्पष्ट र गुणस्तरिय बनाउन स्वचालित रुपमा आफुलाई समायोजन गर्ने क्षमता राख्छ । त्यसैगरी फोनमा अप्टिकल ईमेज स्टेबलाइजेशन (ओआईएस) प्रविधि पनि छ ।

यसले फोनमा उपलब्ध गरिएको ७पी लेन्स मोड्यूलको माध्यमबाट रातको समयमा खिचिने तस्विरलाई उज्योलो बनाउन लामो एक्स्पोजरको प्रयोगकता दौरान तस्विरलाई स्टेबलाइज गर्न सघाउँछ । त्यसैगरी, आर १७प्रोमा मुख्य क्यामेराका रुपमा सोनी आईएम एक्स ३६२को प्रयोग गरिएको छ ।

१२ एमपीको यो क्यामेरामा तिब्र र सटिक फोकसिङका लागि डुअल पिक्सेलको ब्यवस्था गरिएको छ । साथै, नोइज लेभल कम गर्न तथा चहकिला नाइट सट्सका लागि फोनमा १.४ माइक्रोन पिक्सेल साइज र १÷२.५५ सेन्सर साइजको ब्यवस्था फोनमा रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप