शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘जे सुकै होस्’को ल्यायो ट्रेलर दुई अर्थी सम्वाद

आइतबार, २३ मङ्सिर २०७५, १८ : ५३
आइतबार, २३ मङ्सिर २०७५

काठमाडौं – २० पुसबाट प्रदर्शनमा आउने तयारी गरेको चलचित्र ‘जे सुकै होस्’ को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले ट्रेलर सार्वजनिक हो । 

ट्रेलरमा दुई अर्थि सम्वाद धेरै प्रयोग गरिएको छ । ट्रेलरमा कुलतमा फसेका युवाहरुको दैनिकी प्रस्तुत गरिएको छ । दुई अर्थी संवादले प्राथमिकता पाएको ट्रेलरमा इन्टिमेट दृश्यले पनि प्रथामिकता पाएको छ । 

उमेश गुरुङको निर्देशन रहेको चलचित्रमा चन्दा ढकाल, किस्मत तामाङ, रोशना श्रेष्ठ, सोनी गुरुङ, मेलिना ठकुरी, ए.वी अन्जान लगायतको अभिनय देख्न सकिन्छ । 

नवराजजंग थापा (जंगे)ले निर्माण, सुरेश अधिकारी, लक्ष्मण शेष, नवराज जंग थापा र डि.आर अटुको संगीत रहेको चलचित्रमा बनिश शाह र सालिक दुलालको सम्पादन रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप