बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा सुरु भयो “एभरेस्ट आइडल”

बुधबार, ११ साउन २०७४, ०९ : ३२
बुधबार, ११ साउन २०७४

लन्डन - प्रवासमा पहिलो पटक नेपाली गायन प्रतिभाको खोजि “एभरेस्ट आइडल” प्रतियोगिताको आयोजना गरिएको छ ।

ई-मेडियो हब, युकेले आयोजना गरेको “एभरेस्ट आइडल” प्रतियोगिताको निर्णायकमा चर्चित गायिका शर्मिला वर्देवा, शितु खरेल र गायक बिसि राई  छन् ।

युकेमा विभिन्न कार्यक्रम गर्दै आईरहेको ई-मिडिया हबले यसपटक युकेमा रहेका नेपाली प्रतिभाहरुलाई प्लाटफर्म उपलब्ध गराई नेपाली संगीतको प्रबर्दन र संरक्षणका लागी 'एभरेष्ट आईडल'को आयोजना गरिएको कार्यकारी प्रमुख ईश्वर चाम्लिङले जानकारी दिए ।

प्रतियोगिताको पहिलो अडिसन राउण्ड बेलायतको केन्ट आशफोर्डमा जुलाई २३ बाट शुरु भएको छ । पहिलो अडिसनबाट २७ जना दोस्रो राउण्डको लागी प्रबेश गर्न सफल भएका छन् ।

युकेको विभिन्न सहरहरुमा आईडलको छनौट गरेपश्चात अडिसन राउण्डमा छानिएका प्रतिष्पर्धीले अर्को राउण्डमा एउटै स्टेजमा प्रतिष्पर्धा गर्ने छन् ।

प्रतियोगिताको सेमि फाईनल सेप्टेम्बर ९ मा आशफोर्डमा र फाईनल अक्टुबर २८ मा हुने छ । आईडलको उत्कृष्ठ प्रतियोगीले पहिलो एभरेष्ट आईडलको ताज सहित १२ सय पाउण्ड सहित बिभिन्न पुरस्कार र कन्ट्र्याक्ट प्राप्त गर्ने छन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप