शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउडका यी अभिनेत्री, जसले खाएका थिए प्रेमीबाटै मुक्का !

आइतबार, २३ मङ्सिर २०७५, १९ : ३६
आइतबार, २३ मङ्सिर २०७५

मुम्बई–  महिला माथि हुने जुनै प्रकारको हिंसालाई समाजमा घरेलु हिंसा भन्ने गरिन्छ । महिलामाथि गरिने मारपिट पनि घरेलु हिंसा नै हो । बलिउड उद्योगमा पनि कयांै अभिनेत्री यस्तो हिंसाको शिकार भएका छन् । केही अभिनेत्रीले प्रेमीबाट पनि पिटाइ खाएका छन् । जसको चर्चा यहाँ गर्न खोजिएको छ । 

ऐश्वया राय बच्चन 
सलमान खान र ऐश्वर्या रायबीचको अफेर बाहिर आएको बिषय हो । जब प्रेममा खट्पट् पैदा भयो । तब सलमानले ऐश्वर्यालाई नराम्रो व्यवहार गर्न थाले । कयौं पटक उनले ऐश्वर्यालाई हिंसा समेत गरे । जसको कारण ऐश्वर्याले सलमानको विरुद्ध पुलिस कम्प्लेन समेत गरिन् । ऐश्वर्याले सलमानले आफुलाई मुक्का हानेको समेत बताएकी थिइन् । 

कंगना रनौत 
कंगना र आदित्य पंचोलीको उमेर निकै फरक रहेको छ । एक समय यी दुवै लिभिङ टुगेदरमा थिए । यसको केही समयपछि आदित्यले कंगनालाई हिंसा गर्न थाले । आदित्यबिरुद्ध कंगनाले त्यसबेला पुलिसमा एफआइआर समेत दर्ता गरेकी थिइन् । 

श्वेता तिवारी
चर्चित अभिनेत्री श्वतो तिवारीले राजा चौधरीका साथ विवाह गरेकी थिइन् । दुबैको एक छोरी पनि थिइन् । छोरी जन्मेको केही समयपछि श्वेता राजाको हिंसाको शिकार भइन् । हिंसा बढ्दै जाँदा श्वेताले डिबोर्स समेत गरिन् । 

दीपशिखा नागपाल 
९० को दशकमा कयौं चलचित्र अभिनय गरेकी दीपशिखाले २०१२ मा केशव अरोडासँग प्रेम बिबाह गरेकी थिइन् । तर २०१६मा उनले डिबोर्स दिएकी थिइन् । केशवले ४ बर्षसम्म उनलाई हिंसा गरे । 

करिश्मा कपुर 
२००४ मा करिश्माले बिजनेश म्यान सञ्जय कपुरसँग प्रेम विवाह गरिन् । करिश्मा अहिले सञ्जयसँग छुट्टी सकेकी छन् । डिबोर्सपछि करिश्माले सञ्जयले बच्चाको अगाडि आफुलाई कयौंपटक पिटेको बताएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप