बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा भेटिए दुई बेवारिसे शव

आइतबार, २३ मङ्सिर २०७५, २० : ०१
आइतबार, २३ मङ्सिर २०७५

बुटवल– बुटवलमा दुईवटा बेवारिसे शव फेला परेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलको शिद्धबाबा मन्दिरमा ४०–४२ वर्षीय व्यक्ति मृत अवस्था फेला परेका हुन् । उनी जनै लगाएका कारण बाह्मण क्षेत्री भएको अनुमान लगाउन सकिने प्रहरीले बताएको छ ।

यस्तै २० गते बिहिबार लुम्बिनी अञ्चल अस्पताल नजिकै ४०–४२ वर्षीय व्यक्ति बेहेस अवस्थामा फेला परेका थिए । उनको पनि उपचार गर्दागर्दै लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरी निरीक्षक ऋषिराम घर्तीका अनुसार गहुँगोरो अनुहारमा कालो टिसर्ट र हल्ला निलो रंगको टाउजर लगाएका व्यक्तिको अझैसम्म पहिचान हुन सकेको छैन । ती दुवै शवहरु लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप