शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुई डीआईजीको काज सरुवा, विमानस्थलमा अब एसएसपीको कमाण्ड

आइतबार, २३ मङ्सिर २०७५, २० : २५
आइतबार, २३ मङ्सिर २०७५

काठमाडौं । प्रहरी प्रधान कार्यालयले दुई जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरुको काज सरुवा गरेको छ । महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत डीआईजी शेर बहादुर बस्नेत राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा भएका छन् । 

राष्ट्रिय सुरक्षा परिषद्मा कार्यरत सूर्य उपाध्यायलाई प्रहरी महानिरीक्षक मातहत रहेको अन्वेषण योजन तथा विकास निर्देशनालयमा काज सरुवा गरिएको प्रहरी प्रवक्ता उत्तम सुवेदीले रातोपाटीलाई जानकारी दिए । 

विमानस्थलका डीआईजी बस्नेतको सरुवा भएसँगै अब अन्तर्राष्ट्रिय विमास्थलको कमाण्ड प्रहरी बरिष्ठ उपरिक्षक देवबहादुर बोगटीले सम्हाल्ने भएका छन् । 

महानगरीय प्रहरी कार्यालय र सोही मातहत रहेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा समेत डीआईजी भएपछि चेनअफ कमाण्ड मेन्टेन गर्न बस्नेतको सरुवा गरिएको बताईएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप