शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिन्सिपललाई पक्राउ नगरेसम्म प्रतिष्ठाको परिवारले शव बुझ्न मानेनन्

आइतबार, २३ मङ्सिर २०७५, २० : ४०
आइतबार, २३ मङ्सिर २०७५

भक्तपुर । बसको ठक्करबाट ज्यान गुमाएकी बालिकाको शव तीनसम्म पनि उनको परिवारले बुझ्न मानेको छैन । 

शुक्रबार आफ्नै स्कूलको बसको ठक्करबाट ज्यान गुमाएकी चाँगुनारायण नगरपालिका–८ सुडालका सात वर्षीया प्रतिष्ठा खत्रीको शव विद्यालयका प्रिन्सिपल सम्पर्कमा नआई फरार रहेको भन्दै अभिभावकले उठाउन मानेका छैनन् । अभिभावकले आज महानगरीय प्रहरी परिसर दिनभर घेराऊ गर्नुका साथै सडकसमेत बन्द गराएका थिए । 

कक्षा १ मा अध्ययनरत खत्रीलाई बा१क ७२८५ नं को बसले ठक्कर दिँदा उनको मृत्यु भएको थियो । स्कूलका प्रिन्सिपल राजेन्द्र कोजु अहिलेसम्म बालिकाको परिवारको सम्पर्कमा आएका छैनन् । मृतक बालिकाकी हजुरआमा मञ्जु खत्रीले स्कूलले बसमा सहचालकसमेत नराखी चलाउँदा नातिनीको ज्यान गएको आरोप लगाएकी छिन । 

यसअघि बसमा सहचालक राख्न, बसमा क्षमताभन्दा बढी विद्यार्थी नराख्न र विद्यार्थीलाई बाटो कटाउन सहयोग गर्न सो स्कूलका अभिभावकले प्रिसिन्पलसँग माग गरेका थिए । शुक्रबार बसबाट झरेपछि सडक पार गर्ने क्रममा खत्रीको ज्यान गएको थियो । 

प्रिन्सिपललाई पक्राउ नगरेसम्म बालिकाको शव नउठाउने उनको परिवारले जनाएको छ । बालिकाको शव भक्तपुर अस्पतालमा राखिएको छ । प्रहरीले बस चालक भक्तपुर नगरपालिका–८ लिवालीका ३७ वर्षीय दिपक लाखेमरुलाई पक्राऊ गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप