बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

२ हजार रुपैयाँको नोटको छपाई बन्द

बुधबार, ११ साउन २०७४, ०९ : ४३
बुधबार, ११ साउन २०७४

नयाँ दिल्ली – भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले २ हजार रुपैयाँको नयाँ नोट छाप्न बन्द गरेको छ ।


भारतीय सञ्चारमाध्यमका अनुसार करिब पाँच महिनाअघिदेखि बैंकले २ हजार रुपैयाँको नयाँ नोट छाप्न बन्द गरेको हो । बैंकले यसको साटो साना मूल्यका नोटहरु छाप्नमा ध्यान केन्द्रीत गरेको छ । जसमा नयाँ २ सयका नोटहरु छन् ।


नाम नबताउने सर्तमा केन्द्रीय बैंकका अधिकारीहरुले यो आर्थिक वर्ष अब २ हजार रुपैयाँका नयाँ नोटहरु नछाप्ने पनि बताए ।


नोटबन्दीपछि जनता आक्रान्त बनेपछि भारत सरकारले ठूलो मात्रामा २ हजारका नोट छापेको थियो । तर, साना नोटहरु त्यो अनुपातमा उपलब्ध नहुँदा उक्त नोट साट्न सर्वसाधारणलाई अप्ठ्यारो परेको थियो । 


सो दुरी घटाउनका लागि आरबीआईले साना मूल्यका नोटहरु छाप्ने रणनीति अख्तियार गरेको बताइएको छ ।


भारतले ३ अर्ब ७० करोड वटा २ हजारका नोटहरु छापेको थियो । यसले बजारबाट फिर्ता आएका ६ अर्ब ३० करोडवटा १ हजारको नोटलाई पूर्ती गरेको थियो ।


‘नयाँ नोटहरुको छपाई लगभग पूरा भएको छ । ९० प्रतिशत जति नयाँ ५ सयका नोट छन् । अहिले १४ अर्बवटा ५ सयका नयाँ नोट छापिएका छन्,’ एक अधिकारीले बताए ।


छापिएका नयाँ नोट बजार भने हालसम्म पठाइएको छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप