बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

निर्मला हत्याका आरोपीहरु 'घटना हुँदा हिरासतमा'

सोमबार, २४ मङ्सिर २०७५, ०६ : ५०
सोमबार, २४ मङ्सिर २०७५

कञ्चनपुर — निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानको दायरामा रहको दुई जना घटना भएकै दिन पक्राउ परेको खुलेको छ । 

अनुसन्धानका लागि काठमाडौं पुर्याईएका विशाल चौधरी र काठमाडौंमै पक्राउ परेका प्रदीप रावल कुखुरा चोरीको आरोपमा घटना भएकै दिन साउन १० गते पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार साउन ९ गते राति भीमदत्त नगरपालिका १८ भगतपुरको एक पसलबाट कुखुरा चोरी भएको थियो । पसल मालिक पुनित चौधरीले प्रदीपमाथि शंका गरेर सालघारीस्थित प्रहरी बिटमा जाहेरी दिएका थिए । 

त्यसैका आधारमा साउन १० गते विहान १० बजेतिर प्रदीपलाई पक्राउ गरिएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कञ्चनपुरका एसपी कुवेर कडायतले बताए ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप