बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

करोडौं मूल्यको तेल ‘चोर्न’ पाउनुपर्ने भन्दै आन्दोलन

सोमबार, २४ मङ्सिर २०७५, ०७ : १५
सोमबार, २४ मङ्सिर २०७५

काठमाडौं  — इन्धन बोक्ने ट्यांकरहरूले ठाउँठाउँमा पटकपटक हड्ताल गरिरहेका छन् ।

उनीहरूको घुमाउरो माग छ– तेल चोर्न पाउनुपर्‍यो। ट्यांकर चालकहरूले ‘तेल चोर्न’ माग राखी दुई दिनअघि पनि दिनभरि हड्ताल गरे।

नेपाल आयल निगमले विभिन्न बहानामा हुने इन्धन चुहावट र चोरी नियन्त्रण गर्न लकिङ प्रविधि जडान गरेको छ। यसपछि चालकले तेल चोर्न पाएका थिएनन्। अहिले एक दिनमै करोडौं मूल्यको तेल ‘चोर्न’ पाउनुपर्ने उनीहरूको माग छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । 

नेपाल पेट्रोलियम ट्यांकर चालक संघले प्रत्येक ट्यांकरका पाँचवटै च्याम्बरमा तीन सेन्टिमिटरसम्म तेल मिलाउन पाउनुपर्ने माग राखेको हो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप