शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहित ब्यूटी क्विन एवं शिक्षिकाले १५ वर्षे विद्यार्थीलाई नग्न फोटो पठाएपछि...

सोमबार, २४ मङ्सिर २०७५, ०९ : ४७
सोमबार, २४ मङ्सिर २०७५

१५ वर्षे किशोरलाई नग्न फोटो पठाएको आरोपमा पूर्व मिस केन्टुकीलाई पक्राउ गरिएको छ ।

२८ वर्षे विवाहित ब्यूटी क्विन रामसे बियर्सलाई गत शुक्रबार अश्लिल सामग्री सार्वजनिक एवं वितरण गरेको मामलामा पक्राउ गरिएको हो ।

बियर्स वेस्ट भर्जिनियापको क्रस लेनस्थित एन्ड्रू ज्याकसन मिडल स्कूलको आठ कक्षाकी शिक्षिका हुन् । उनको नग्न फोटो १५ वर्षे पूर्व विद्यार्थीको फोनमा भेटिएपछि पक्राउ गरिएको हो ।

उक्त तस्बिर छात्रकी आमाले देखेपछि डिसेम्बर पाँच तारिखमा पुलिसलाई जानकारी दिएकी थिइन् । आमाबुवाका अनुसार बियर्सले ती किशोरलाई ६ देखि आठ कक्षासम्म पढाएकी थिइन् ।

पक्राउ परेपछि बियर्सले स्न्यापच्याटमार्फत नग्न फोटो ती छात्रलाई पठाएको स्विकार गरेको डब्लूडिआरबीलाई उद्धृत गर्दै डेली मेलले बताएको छ ।

अधिकारीका अनुसार बियर्सले आफ्नो स्तनको तस्बिरहरु सन् २०१८ को अगस्टदेखि सन् २०१८ को अक्टोबरसम्म पठाएको स्विकारेकी छिन् ।

‘बियर्स एन्ड्रू ज्याकसन मिडल स्कूलकी शिक्षिका हुन् । हामी तत्कालका लागि नीजि मुद्दामा टिप्पणी दिँदैनौं तर हामीले उचित नीति र प्रक्रिया भने अपनाउनेछौं । विद्यार्थीको सुरक्षा हाम्रो शीर्ष प्राथमिकतामा पर्छ ।’

दोषी ठहरिए उनलाई २० वर्षसम्मको जेल सजायँ र एक लाख डलर जरिवाना हुनेछ ।

बियर्सले सन् २०१४ मा मिस केन्टुकीको उपाधि जितेकी थिइन् ।

त्यसपछि उनले सन् २०१५ मा मिस अमेरिकाको लागि प्रतिस्पर्धा गरिन् । जसमा उनी शीर्ष १२ सम्म पुगेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप