बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रान्समिटर जलेपछि विद्युत् आपूर्ति ठप्प

बुधबार, ११ साउन २०७४, ०९ : ५५
बुधबार, ११ साउन २०७४

गुल्मी - गुल्मीको मुसिकोट नगरपालिका–७ बाट सञ्चालित दरमखोला लघु जलविद्युत् परियोजनाको ट्रान्समिटर जलेपछि विद्यत् सेवा अवरुद्ध बनेको छ । 

नगरपालिकाको वडा नं १ अन्तर्गत पौदीअमराइमा रहेको ट्रान्समिटर जलेपछि वडा नं १ का झण्डै २५० घरधुरीका उपभोक्ता अन्धकारमा बस्न बाध्य भएकाछन् । 

ट्रान्समिटर मर्मत सम्भार गर्न लगिएको हुँदा ट्रान्समिटर बनेर आउन अझै एक हप्ता जति समय लाग्ने जलविद्युत् परियोजना सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिए ।  

यस्तै, जलविद्युत् सुचारु नभएपछि पौदीअमराई क्षेत्रभित्र रहेका कलकारखाना, उद्योग धन्दा, मोवाइल फोन, कुटानी पिसानी, बिजुली बत्ती सञ्चारमाध्यमलगायत विद्युतीय यन्त्रसमेत ठप्प भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप