बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले सार्कलाई ध्वस्त बनायो : शरिफ

बुधबार, ११ साउन २०७४, ०९ : ५८
बुधबार, ११ साउन २०७४

माले – पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले भारतले क्षेत्रीय मञ्चको भावनाविपरित दक्षिण एसियाली सहयोग संगठन (सार्क) लाई हानी पुर्याएको आरोप लगाएका छन् ।

माल्दीभ्सका राष्ट्रपति अब्दुल्लाह यमिन अब्दुल गायुमसँग राजधानी मालेमा गरिएको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै शरिफले भने, ‘इस्लामाबादमा आयोजना हुन लागेको सार्क सम्मेलनलाई स्थगित गरेर भारतले यसलाई हानी पुर्याएको छ ।’

भारतले सार्कलाई हानी पुर्याएको यो पहिलो पटक नभएको भन्दै शरिफले यसअघि पनि चारपटक भारतले यस्तै व्यवहार देखाएको आरोप लगाए ।

‘भारतले सार्कको भावनाविपरित दुई देशको सम्बन्धलाई लिएर बहुराष्ट्रिय फोरममा कालो बाँदल ओढाइदियो,’ उनले भने ।

शरिफले इस्लामाबादमा सार्क सम्मेलन आयोजना हुनुपर्ने भनेर राष्ट्रपति यमिनले देखाएको समर्थनका लागि धन्यवाद समेत दिए ।

दुई राष्ट्रप्रमुखले संगठनलाई जीवन्त संस्था बनाउन काम गर्नेमा सहमति समेत गरेका छन् ।
भारत र पाकिस्तानबीच तनाव बढेपछि भारतसहित अफगानिस्तान, बंगलादेश र भुटानले सार्क सम्मेलनमा सहभागी नहुने बताएपछि सार्क सम्मेलन स्थगित भएको थियो । 

शरिफ र गायुमबीच चीन पाकिस्तान अर्थिक कोरिडोर (सीपीईसी) बारे पनि छलफल भएको थियो । यो कश्मिर हुँदै जाने हुँदा भारतले यसमा आपत्ति जनाउँदै आइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप