बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ईशा अम्बानीको विवाहमा के–के हुन्छ ?

सोमबार, २४ मङ्सिर २०७५, ११ : ४५
सोमबार, २४ मङ्सिर २०७५

बीबीसी /अपर्णा अल्लूरी

दुई बलिउड सेलिब्रिटीको विवाहको चर्चा सेलाउन नपाउँदै भारतमा अर्को विवाहको चर्चा सुरु भएको छ । यसपटक भारतका दुई धनाढ्य व्यवसायीका छोरा–छोरीले विवाह गर्दैछन् ।

भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीकी छोरी ईशा अम्बानी डिसेम्बर १२ मा पिरामल समूहका अध्यक्ष अजय पिरामलका छोरा आनन्द पिरामलासँग विवाह गर्नेछिन् ।

विवाहअघिको उत्सव गत हप्ताको अन्त्यदेखि राजस्थानको शाही शहर उदयपुरमा सुरु भइसकेको छ ।

अन्तिम पटक कुनै भारतीय व्यापारीको विवाहबारे यस्तो उत्सुकता सन् २००४ मा देखिएको थियो जब लण्डनमा बस्ने भारतीय कारोबारी लक्ष्मी मित्तलले आफ्नी छोरीको विवाह फ्रान्सको ऐतिहासिक  प्यालेस अफ वर्साई र एक भव्य महलमा गरेका थिए । उक्त विवाहमा परिवारका सदस्य र साथीभाइलाई उपहारसमेत दिइएको थियो । विवाहको खर्चको बिल ५५ मिलियन डलर (६ अर्ब २१ करोड रुपैयाँ) थियो ।

ईशा अम्बानी र आनन्द पिरामलको विवाहको खर्च सायद त्यति नहोला । तर लिक भएका खबरले भारतीयलाई आकर्षित गरिरहेको छ । यो विवाहको चर्चा इन्स्टाग्राममा पनि त्यत्तिकै छ ।

आजकाल इन्स्टाग्रामले विवाहलाई अक्सिजन प्रदान गरिरहेको छ । यो सोसल प्लेटफर्ममा फेशन जगत् र फोटोग्राफी एजेन्सीले पनि बेहुला– बेहुली र उनीहरुको विवाहको पार्टीको तस्बिर राख्ने गर्छन् ।

विवाहको हिसाबले सन् २०१८ भिन्न रह्यो । अम्बानी–पिरामल विवाह यो वर्षको अन्तिम विवाह हुनेछ ।  

सेलिब्रिटी ब्लगर, मनोरञ्जनसम्बन्धि लेख्ने लेखक र लाइफस्टाइल पत्रिका विवाहबारे अपडेट हुनका लागि इन्स्टाग्राममा नजर गाड्छन् ।

विवाहको निम्तोकार्ड पनि इन्स्टाग्राममा सेयर हुन थालेका छन् ।

परिवारले धेरैजसो सूचना लुकाइरहेका छन् तर अफवाहको बजार निकै तात्तिएको छ ।

अमेरिकी गायिका बियोन्सेले संगीत समारोहमा आफ्नो प्रस्तुती दिएकी छिन् ।

थुप्रै बलिउड सेलिब्रिटी पनि संगीत समारोहमा समावेश भए । यस्ता विवाहमा बलिउड हस्तीलाई पनि पैसा दिएर प्रस्तुती दिन बोलाइन्छ ।

तर बलिउडका ठूला सेलिब्रिटी अम्बानी परिवारका मित्र मानिन्छन् र उनीहरु अम्बानी परिवारले आयोजना गर्ने लगभग सबै पार्टीमा समावेश हुन्छन् ।

अम्बानी परिवार पनि दीपिका पादुकोण र रणबीर सिंहको विवाहको रिसेप्सनमा सहभागी भएका थिए । यस्तै, जोधपुरमा भएको प्रियंका चोपडाको विवाहमा ईशा अम्बानी ब्राइड्समेड बनेकी थिइन् ।

 

 

 

 

 

View this post on Instagram

 

 

 

 

 

 

 

 

 

@priyankachopra treats us to some glimpses from her sangeet ceremony. So happy to see her enjoying with @parineetichopra, #IshaAmbani #SiddharthChopra and others. These pictures look straight out of a big Bollywood film, don’t they? See the second picture and tell us who do you think PeeCee is cheering for? - @pateljahnavi, Bollywood Blogger 🥳 . . . . . #PriyankaChopra #NickJonas #ParineetiChopra #Nickyanka #NickyankaWedding #Bollywood

A post shared by MissMalini Bollywood (@missmalinibollywood) on

स्थानदेखि पहिरनको चर्चाः

ईशा अम्बानी र आनन्द पिरामलको विवाह उदयपुरमा हुनेछ । यो शहरमा थुप्रै भव्य होटल छन् । यीमध्ये पोखरीले घेरिएको दुई सय ७२ वर्ष पुरानो मार्बलको भित्ता भएको महल पनि छ जसको प्रयोग अहिले होटलको रुपमा भइरहेको छ । यो एउटा सानो शहर हो जहाँको विमानस्थल धेरैजसो शान्त हुन्छ तर अहिले यो स्थान निकै व्यस्त भइरहेको छ ।

बेहुला बेहुलीको परिवारले पाहुनाका लागि कम्तीमा ३० वटा चार्टर्ड विमान बुक गरेको बताइएको छ ।

यसअघि भारतीय हस्तीका दुई चर्चित विवाह भइसकेको छ ।

अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको विवाहका तस्बिर थुप्रै दिनपछि निकै सावधानीपूर्वक इन्स्टाग्राममा जारी गरियो । प्रियंकाको ७५ फुट लामो पहिरनले अन्तर्राष्ट्रिय स्तरमा चर्चा बटुल्यो । उनको संगीत समारोहको भिडियो पनि भाइरल भयो ।

 

 

 

 

 

View this post on Instagram

 

 

 

 

 

 

 

 

 

It all began as a fierce song & dance competition between the families but ended, as always, as a huge celebration of love.  Nick and I were looking forward to the Sangeet (musical evening), another pre wedding ritual.. and to see what each side had put together. And what a performance it was. Each family telling our stories through song and dance, filled with lots of laughter and love. We were both filled with gratitude for the effort, the love and the laughter and will carry the memories of this special evening for the rest of our lives. It is an amazing start to a lifetime of togetherness for our families and friends...#grateful @nickjonas 📹/📷: @calebjordanlee @josevilla @josephradhik

A post shared by Priyanka Chopra Jonas (@priyankachopra) on

जबकी दीपिका पादुकोण र रणबीर सिंहले इटालीको लेक कोमोमा विवाह गरे । ईशा र आनन्द पिरामिलको यहिँ इन्गेजमेन्ट भएको थियो । त्यसपछि दीपिका र रणबीरले भारत फर्किएर चार रिसेप्सन दिए । यो समारोहमा पनि दीपिकाको पहिरनको निकै चर्चा भयो ।

बलिउड सेलिब्रिटी सोनम कपुरको व्यापारी आनन्द अहुजासँगको विवाह पनि इन्स्टाग्राममा निकै चर्चित रह्यो । सोनम विभिन्न पहिरनमा देखिएकी थिइन् । एकैदिन उनलाई भिन्न पहिरनमा देखिएको थियो ।

उनको विवाहका केही पाहुनाले सोनम र अन्य सेलिब्रिटीको डान्स गरिरहेको, गीत गाइरहेको भिडियो पनि अपलोड गरे जुन चाँडै नै भाइरल भयो ।

विवाहबारे सबैभन्दा पहिले इन्स्टाग्राममा जारी गरिन्छ र मिडियालाई पनि थाहा हुन्छ कि बन्द ढोकाभित्र के भइरहेको छ ।

यस्तै, सेलिब्रिटीको तर्फबाट इन्स्टाग्राममा निकै सावधानीपूर्वक पोष्ट गरिन्छ ।

प्रियंका–निक, दीपिका–रणबीर र विराट–अनुष्काको विवाहको समयमा पनि यस्तै सावधानीपूर्वक फिल्टर गरिएका एकै खाले तस्बिर एकै समयमा पोष्ट गरियो ।

 

 

 

 

 

View this post on Instagram

 

 

 

 

 

 

 

 

 

 

 

A post shared by Deepika Padukone (@deepikapadukone) on

डिजिटल पत्रिका द भोइस अफ फेशनकी सम्पादक शेफाली वसुदेव भन्छिन्, ‘इन्स्टाग्रामको देखावटीको सबैभन्दा  ठूलो पीडित बलिउड नै हो । ’

उनी भन्छिन्, ‘सोसल मिडियामा यो सावधानी नभनिएको प्रतियोगितालाई दर्साउँछ । प्रतियोगिता विशेषगरी बलिउड सेलिब्रिटीबीच चलिरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप