बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मारुती सिमेन्टले निर्माणकर्मीहरुलाई निःशुल्क दुर्घटना बीमा तथा औषधोपचार खर्च गर्ने

सोमबार, २४ मङ्सिर २०७५, १३ : ०२
सोमबार, २४ मङ्सिर २०७५

काठमाडौं । मारुती सिमेन्टद्वारा यही मङ्सिरको दोश्रो हप्ता देखि हेटौंडा, चितवन, पोखरा, आबुखैरेनी लगायत काठमाडौँ उपत्यकामा उल्लासपूर्ण “निर्माणकर्मी भेटघाट” कार्यक्रमको आयोजना गरेको छ ।

५०० जनाभन्दा अधिक निर्माणकर्मीहरुको उपस्थिति रहेको सो कार्यक्रममा मारुती सिमेन्टद्वारा निर्माणकर्मीहरुलाई सुरक्षित निर्माणसम्बन्धी विभिन्न जानकारी दिनुका साथै उनीहरुलाई ५ लाख बराबरको निशुल्क दुर्घटना बीमा तथा औषधोपचार खर्च योजना प्रदान गरिएको छ । उक्त कार्यक्रममा नेपालका चर्चित कलाकारहरुद्वारा विभिन्न सांस्कृतिक तथा मनोरन्जनात्मक साथै हास्यव्यंग्य प्रस्तुति पनि देखाइएको थियो ।

कार्यक्रममा मारुती सिमेन्टका ब्रान्ड म्यानेजर राजु श्रेष्ठले बीमा योजना वितरण गर्दै, कार्यक्रमको उद्देश्य निर्माण क्षेत्रमा कार्यरत निर्माणकर्मीहरुको पौरखी हातहरुलाई भरोसा र आत्मविश्वास प्रदान गर्दै निस्फीक्री आफ्नो काममा लगनशील रहन हौसला प्रदान गर्ने मारुती सिमेन्टको प्रयास रहेको बताए ।

उनले देशभरी नै यो कार्यक्रम मार्फत अन्य निर्माणकर्मीलाई पनि प्रोत्साहन गर्दै जाने कम्पनीको योजना रहेको बताए । कार्यक्रममा कम्पनीका टेक्निकल कोअर्डिनेटर निशान श्रेष्ठले सुरक्षित निर्माणमा निर्माणकर्मीको अहम भूमिका रहने कुरा बताउँदै निर्माणको गुणस्तर तथा मजबुतिका विभिन्न पक्षको बारेमा जानकारी दिए ।

कार्यक्रममा सहभागी निर्माणकर्मीहरुलाई निर्माण सम्बन्धी औजार, निर्माण गाईड पुस्तिका र विभिन्न बजार प्रवद्र्धनका सामानहरु समेत प्रदान गरिएको थियो ।

सिरहा जिल्लाकोको चन्द्रउदयपुरमा अवस्थित यो उद्योगले विगत एक दशक देखि मारुती ब्राण्डको अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) उत्पादन गर्दै आएको र यसको प्रयोग ठूला ठूला आयेजनाहरु, पुल, बाँध तथा हाउजिङ कम्पनी देखि साधारण घर निर्माण कार्यमा समेत प्रयोग भइरहेको कम्पनीले जनाएको छ । नेपाल गुणस्तर विभागबाट  प्रदान गरिएको प्रथम ल्क्रक्ष्क्इ ढण्ण्ज्ञ ७ ज्ञद्धण्ण्ज्ञ द्वारा सम्मानित छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप