शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेप्सेमा लगानीकर्ताको अनसन जारी, ५१ प्रतिशत सेयर विदेशीको हुनुपर्ने माग सहित ३ बुँदा थपियो

सोमबार, २४ मङ्सिर २०७५, १३ : ४०
सोमबार, २४ मङ्सिर २०७५

काठमाडौं–सेयर लगानीकर्ताहरुले दबाब समुह मार्फत थप तीन वटा माग राखेर सोमबार पनि अनशन जारी राखेको छन् । 

उनीहरुले नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना हुनुपर्ने, ५१ प्रातिशत सेयर विदेशी रणनीतिक साझेदारको हुनुपर्ने माग गरेका छन् । 

यसैगरी २० प्रतिशत सेयर सर्वसाधारण, नेप्सेका कर्मचारी र अरु दलाललाई बिक्रि गर्नुपर्ने, खराब र पुँजी पुर्याउन नसकेका बीमा कम्पनीलाई मर्जर तथा एक्विजिसन गराएर लगानीकर्ताको पुँजी डुब्नबाट बचाइनु पर्ने माग समेत उनीहरुले गरेका छन् । 

यता, सरकारले बढाएको ५० प्रतिशत पुँजीगत लाभकरलाई फिर्ता लिएर बोनस र हकप्रद सेयरमा लाग्ने करबारे पनि स्पष्ट पार्न सरकारसँग माग गरेका छन् । सेयर लगानीकर्ताले आइतबारदेखि अनसन शुरु गरेका हुन् । 

पुँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले बार्ताका लागि अनसनरत पक्षलाई बोलाएपनि उनीहरुले बार्तामा बस्न अस्विकार गरेका छन् ।

 सेयर लगानीकर्ताको दबाब समुहको अनसनलाई सेयर लगानीकर्ता सँघ र पुँजी बजार लगानीकर्ता संघले ऐक्यबद्धता जनाएका छन् । दबाब समुहले १० बुँदे माग राखेर आइतबारदेखि अनशन शुरु गरेको भएपनि सोमबार ३ वटा बुँदा थप भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप