पर्याप्त नहिँडेको भन्दै कम्पनीले कर्मचारीलाई लगायो जरिवाना
चीनको रियल स्टेट कम्पनीले आफ्ना कर्मचारीलाई व्यायामको उत्प्रेरणाका लागि गलत अवधारणा प्रयोग गरिरहेको भन्दै आलोचित भएको छ । उक्त कम्पनीका कर्मचारीलाई मासिक एक लाख ८० हजार पाइला हिँड्ने लक्ष्य दिइएको छ । एक पाइलामात्र कम भएपछि ०.०१ युआन फाइन लगाइन्छ ।
तोकिएको पाइला पूरा गर्न कर्मचारीलाई निकै हम्मेहम्मे पर्ने बताइएको छ । केही स्वास्थ्य बीमा कम्पनीले एपमार्फत ग्राहकको दैनिक हिँडाई मापन गर्ने गर्छन् । लक्ष्य पूरा गरे उनीहरुलाई छुट पनि दिइन्छ । विभिन्न स्कूलले आफ्ना विद्यार्थीले दैनिक रुपमा हिँडेको वा व्यायाम गरेको छ छैन भनेर फोनमा पेडोमिटर परीक्षण गर्ने गर्छ । केही कम्पनीले पनि आफ्ना कर्मचारीलाई शारिरिक रुपमा फुर्तिलो रहन प्रोत्साहित गर्छ । अडिटी सेन्ट्रेलमा प्रकाशित भएको एक समाचार अनुसार एक कम्पनीले पर्याप्त मात्रामा नहिँड्ने कर्मचारीलाई जरिवाना लगाएको छ ।
इन्फर्मेसन टाइम्स नामको एक चीनियाँ पत्रिका अनुसार नाम नखुलाइएको एक रियल स्टेट कम्पनीले आफ्ना कर्मचारीलाई एक लाख ८० हजार पाइला हिँड्नै पर्ने नियम बनाएको छ । लक्ष्य पूरा गरेकालाई प्रोत्साहन गर्न कुनै कार्यक्रम बनाइएको छैन तर एक पाइला पनि कम हिँड्ने कर्मचारीले भने रकम भुक्तानी गर्नुपर्छ ।
सियाओ सि नामको कम्पनीकी एक कर्मचारीले गत महिना तोकिएको पाइलामा १० हजार पाइला कम हुँदा उनका मालिकले उनको सय युआन तलब कटौती गरेको इन्फर्मेशन टाइम्सलाई बताइन् । १५ सय रुपैयाँ हो तर सियो सिजस्ती महिलाको लागि एक एक रुपैयाँले महत्व राख्छ ।
‘यसले निकै पीडा दिन्छ,’ उनले भनिन् । हाम्रो मासिक लक्ष्य एक लाख ८० हजार पाइला हो । दैनिक ६ हजार पाइला हिँड्नुपर्छ । यो ठूलो समस्या लाग्दैन तर साँच्चै भन्नुपर्दा मेरो लागि यो ठूलो समस्या हो ।’
सियाओ सी कम्पनीको मानव संसाधन विभागमा कार्यरत छिन् । उनी आफ्नो सबै काम डेस्कमा बसेर गर्छिन् । त्यसकारण उनलाई लक्ष्य पूरा गर्न निकै गाह्रो छ । उनले दिनमा दुई हजार पाँच सय पाइला मात्र हिँड्ने गरेको उनी बताउँछिन् ।
‘म बुझ्छु कि कम्पनीले हाम्रै लागि भनेको हो । हामी स्वस्थ हुन् भन्ने कम्पनीको चाहना हो तर म दिउँसो काम गरिरहेका बेला हिँड्न सक्दिनँ र बेलुका ओभरटाइम पनि गर्नुपर्छ,’ उनी भन्छिन् । ‘घर गएर खाना खाँदा ९ बजिसक्छ । आफ्नो कोटा पुर्याउनका लागि हिँड्नु मेरो लागि बोझ बनेको छ । यसले मेरो सुताईको समय बिगारेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री जम्कट्टेललाई एकीकृत समाजवादीको काउन्टर
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता