बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अब भूमिहिन होइन मालिक बन्ने बेला आयो : मन्त्री पौडेल

सोमबार, २४ मङ्सिर २०७५, १४ : ३६
सोमबार, २४ मङ्सिर २०७५

बुटवल– प्रदेश नम्बर ५ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले अब सधैंको लागि भूमिहिनको समस्या समाधानको लागि प्रदेश सरकार लागिपरेको बताएकी छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ बुटवलको आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएकी हुन् ।

कार्यक्रमको शुभारम्भ गर्दै उनले भूमिहिन किसानहरुलाई भूमि भाडामा लिएर उनीहरुले लिएको भाडा सरकारले तिर्ने गरी करार खेती अघि बढाएको बताउँदै यसमा उत्साहित रुपमा सहभागी हुनको लागि आग्रह गरिन् । उनले भनिन्– ‘किसानहरुको समस्या सँधैभरिको लागि समाधान गर्नको लागि भूमिहिन किसानहरुलाई प्रोत्साहित गर्ने गरी योजना ल्याएका छौ ।’

कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव यमनारायण देवकोटाले भूमिहिन किसानहरुको लागि प्रदेश सरकारले ल्याएको करार खेतीको विषयमा बोलेका थिए । 

कार्यक्रममा  भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका योजना  तथा अनुगमन महाशाखा प्रमुख उप–सचिव विनोद घिमिरेले भूमिहिन किसानको करार खेती सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै प्रशासन तथा सहकारी महाशाखा प्रमुख उपसचिव श्रीकृष्ण नेपालले सहकारी बजारको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रदेशसभा सदस्यहरु इन्द्रजित चौधरी, रेवतीरमण शर्मा, दामा शर्मा, सरस्वती गौतम, लमही नगरपालिकाका प्रमुख कुलप्रसाद केसी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप