शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नागरिकको मुहारमा खुशी ल्याउन सके मानवअधिकार स्थापित हुन्छ : मुख्यमन्त्री पोखरेल

सोमबार, २४ मङ्सिर २०७५, १५ : ०८
सोमबार, २४ मङ्सिर २०७५

रुपन्देही– प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताएका छन् । 

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा शुभकामना शन्देश दिँदै उनले मुलुकमा तीन तहको चुनाव सम्पन्न भई संविधान कार्यान्वयनको दिशामा अघि बढेकाले अब संविधानमा उल्लेख भएका मौलिक हक सम्बन्धी व्यवस्था कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

संविधानले मानव अधिकारको सम्मान, संरक्षण, सम्वद्र्धनलाई जोड दिएको चर्चा गर्दै मुख्यमन्त्री पोखरेलले भने, ‘संविधान कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यावहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्न पाउने अवसर अगाडि आएको छ ।’ उनले भने, ‘समृद्धिमार्फत नागरिकको मुहारमा खुशी ल्याउन सके व्यवहारिक रुपमै मानवअधिकार स्थापित हुनेछ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप